प्रहरी नै चकित बनाउने नेपालगंजकाे डरलाग्दो घटना
नेपालगंज : नेपालगंज उपमहानगरपालिका–२ घरबारीटोल निवासी ३६ वर्षीया ललिताकुमारी लोधको श्रीमानको कुटाइबाट ज्या न गएकाे छ । श्रीमान शिवकुमार लोधले ड्रममा लुकाएर राखिएको अवस्थामा बुधबार साँझ ललिताको श व फेलापरेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिएका छन् ।
उनका अनुसार विद्यालय गएका छोराले घरमा आउँदा आमालाई नदेखेपछि सोधीखोजी गरी होहल्ला गर्दा ललिताको श व ड्रममा राखिएको अवस्थामा भेटिएको थियो । जीवित रहेको अनुमानमा ललितालाई शिक्षण अस्पताल नेपालगंज पुर्याइए पनि चिकित्सकले केही घण्टाअघि नै ज्या न गइसकेकाे बताएका थिए । सधैँजसो झगडा गर्दै कुटपिट गर्ने शिवकुमारले छोरा अमन विद्यालय गएको बेला ललितालाई कुटेर ज्या न लिएकाे हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रहरी उपरीक्षक वलीले घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले ज्या न गुमाउनेका श्रीमान् शिवकुमारसहित दुईलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएकाे बताइएकाे छ । ललिताको अनुहार, टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ ।