RIP. RIP ! प्रेसर लो भएर ढलेकी १९ बर्षिय सृष्टि कहिल्यै नउठ्ने भइन्
धरान : धरानकी १९ बर्षिय सृष्टि अधिकारीको लो ब्लड प्रेसरको कारण मृ*त्यु भएको छ । मृ*तक सृष्टिको आफन्तहरुका अनुसार दिउँसो एक्कासी लडेकी उनको उपचारको क्रममा मृ*त्यु भएको हो । धरान १२ मा बस्दै अधिकारी परिवारको आर्थिक अवस्था समेत कमजोर थियो । कक्षा १२ पढेर धरानकै मेरो मन्टेश्वरी काम गदै आएकी सृष्टिको धरान स्थित विपि कोईराला विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृ*त्यु भएको हो ।डाक्टरहरुले प्रेसर लो छ भनेका थिए । हामी आयुसिमा ८ दिन सम्म राखेर पनि छोरी बचाउँन सकिएन सृष्टिका आमा बन्दना अधिकारीले भनिन् ।
छोरीले केहि गर्लिन भन्ने थियो मृतक सृष्टिकी आमा बन्दनाले भनिन् ।अक्सर मानिसले लो ब्लड प्रेसरलाई त्यती गंभिरतापूर्वक लिदैनन जति हाइ ब्लड प्रेसरलाई लिने गर्छन् । यद्यपी लो ब्लड प्रेसरलाई पनि नजरअनदाज गर्नु खतरा साबित हुनसक्छ । त्यसैले समयमै यसबाट बच्ने उपाय खोजिहाल्नुपर्छ ।सामन्य रक्तचाप १२० र ८० हुनुपर्छ । तर, यदि तपाईको ब्लड प्रेसर ९० र ६० वा त्यो भन्दा कम छ भने, तपाईलाई लो ब्लड प्रेसरको समस्या छ ।मुटुको समस्या( मुटुको भल्भमा समस्या, हृदयघात वा हृदयसम्बन्धी रोगले पनि रक्तचाप कम हुनसक्छ ।
इन्डोक्राइन समस्या( थाइराइड, रक्तअल्पता, लो ब्लड सुगर र कहिले कहिं मधुमेहले गर्दा पनि रक्तचाप न्युन हुनसक्छ ।डिहाइड्रेसन शरीरमा पानीको मात्रा अपुग हुँदा न्युन रक्तचापको समस्या देखापर्न सक्छ । रक्तश्राव चोटपटकको कारण रक्तश्राव भएर अचानक शरीरमा रगतको कमी भयो भने पनि रक्तचाप न्युन हुन्छ ।पोषणको कमी शरीरमा भिटामिन बि १२ र आइरनको कमीले एनीमिया हुन्छ । यसले गर्दा शरीरमा पर्याप्त मात्रामा रेड ब्लड सेल बन्दैन र ब्लड प्रेशर लो हुन्छ ।औषधी उच्च रक्तचाप, मुटुरोग, पार्किसन्स, डिप्रेसनको औषधी सेवन धेरै लिनाले पनि रक्तचाप न्युन हुनसक्छ ।
यसका साथै चक्कर आउँदा, डेँगु मलेरिया, कुनै डरलाग्दो दृश्य देख्दा रत्तचाप न्युन हुनसक्छ ।यदि तपाईको न्युन रक्तचाप छ भने त्यसको समयमा उपचार गर्नुपर्छ । अन्याथा यसले खतरा रोगलाई निम्त्याउँछ । यसले तपाईको स्नायु प्रणाली वा मस्तिष्कमा असर गर्न सक्छ । चक्कर आएर जहाँपनि ढल्न सक्छ ।