अविरल वर्षाले वीरगञ्ज महानगर डुबानमा


पर्सा : अविरल वर्षाका कारण वीरगञ्ज महानगरलगायत पर्साका विभिन्न ठाउँ डुबानमा परेका छन्। महानगरपालिकाका आदर्शनगर, ओम आश्रम, नगुवा, रानीघाट मुसौली र लक्ष्मनुवालगायत क्षेत्र डुबानमा परेका हुन्।
बाढीका कारण बस्तीहरू डुबानमा परेपछि अत्यावश्यक कामका लागि बाहिर जानसमेत कठिनाइ भएको स्थानीयले बताए। उद्धारका लागि तयारी अवस्थामा रहे पनि अहिलेसम्म कुनै सूचना नआएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए।



उनले उद्धारटोली र पाँचवटा डुंगा तयारी अवस्थामा रहेको बताए। डीईओसी (डिस्ट्रिक इमरजेन्सी अपरेसन सेन्टर) मार्फत पीडितको व्यवस्थापन गरिने प्रशासनले जनाएको छ।