खेत जोत्ने क्रममा ट्रयाक्टरले च्यापेर एक जनाकाे ज्यान गयाे

इटहरी : सुनसरीको इनरुवा नगरपालिका ९ जमुवामा ट्रयाक्टरमा चेपिएर चन्दनकुमार मेहेताको ज्यान गएको छ। मंगलबार बिहान साढे ९ बजेको समयमा को २ त ८३४० नम्बरको ट्रयाक्टरले खेत जोत्ने क्रममा ट्रयाक्टर हिलोमा फसेको थियो।

सोहि ट्रयाक्टर निकाल्ने प्रयास गर्दा ट्रयाक्टर पल्टीई स्थानीय २४ बर्षीय मेहेतालाई चेप्दा गम्भीर घाईते भएका थिए।

घाईते मेहेतालाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा उपचारको क्रममा बिहान १० बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

सम्बन्धित खवर

Back to top button