अपडेटः बैतडी जीप दुर्घटना कुहिराे कारण, मृ तककाे सनाखत

बैतडी : पाटन नगरपालिका–८ खोड्पेमा भएको जिप दुर्घटनामा परी मृ त्यु हुनेको सनाखत भएको छ। मृ त्यु हुनेमा दार्चुलाको महाकाली नगरपालिका–९ दत्तुका ३५ वर्षीय ईश्वर नागरी रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षकले जानकारी दिए।

दुर्घटनामा घाइते भएकाहरुमा दत्तुका २३ वर्षीय पुस्कर नागरी र २२ वर्षीय हिक्मत समान्त रहेका छन्। उनीहरुमध्ये पुस्करको अवस्था गम्भीर रहेको छ। उनलाई थप उपचारका लागि धनगढी लगिएको छ। हिक्मतको डडेल्धुरा अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दार्चुलाबाट धनगढी जाँदै गरेको ग १ ज ५२२४ नम्बरको जिप बुधबार बिहान सवा ५ बजेतिर बन्तड भीरमा दुर्घटना भएको थियो। बाक्लो कुहिरो तथा साँघुरो सडक दुर्घटनाको कारण हुनसक्ने प्रहरीको अनुमान छ।

यसैबीच, बैतडीबाट कैलालीको धनगढी जाँदै गरेको जिप कैलालीको बुढितोलामा दुर्घटनामा परेको छ। पञ्चेश्वरबाट धनगढी जाँदैै गरेको से १ ज १०७८ नम्वरको जिप बुधबार बिहान ८ बजेतिर बुढीतोला नजिकै दुर्घटना परेको हो। दुर्घटनामा जिपमा रहेका ६ जना घाइते भएका कैलाली प्रहरीले जनाएको छ। घाइते हुनेहरुमा बैतडीको तल्लोस्वराडका हजारी चन्द, दुर्गा चन्द, जनक चन्द, रमेश चन्द, शिव कडेल र यमकान्त भुषाल रहेका छन्।

सम्बन्धित खवर

Back to top button