satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

प्रेम सम्बन्धको २८ दिनपछि बिहे गरेका गौतमको रहस्यमय नि धन

satkarpost satkarpost
मा प्रकाशित
841
प्रेम सम्बन्धको २८ दिनपछि बिहे गरेका गौतमको रहस्यमय नि धन

सांकेतिक

झापा : दुई हप्ता अगाडि एउटा यस्ताे घटना घट्याे जसकाे जसकाे रहस्य अहिलेसम्म पनि खुल्न सकेकाे छैन । प्रेम सम्बन्ध गाँसेको २८ दिनपछि एक वर्षअघि मात्र २०७५ को असारमा कल्पना थापासँग विवाहबन्धनमा बाँधिएका ३० वर्षीय डिल्ली गौतम बेपत्ता भएको ११ दिनपछि शव फेला पर्याे । झापाको कनकाई नगरपालिका -७ मा स्थायी बसोबास भएपनि सिदार्थ बैंक शाखा विर्तामोडमा कार्यरत गौतम जागिरको सिलसिलामा विर्तामोडमै कोठा लिएर बस्दै आएका थिए। असार १७ गते मङ्गलबार बिहान ८ बजे सधैँझै कार्यालय जान भनी हिँडेका गौतम अचानक बेपत्ता भएका थिए।

सोही दिनको दिउँसो करीब १ बजे विर्तामोडबाट १२ किलोमिटर पश्चिमको सुरुङ्गादेखि दुई किलोमिटर उत्तर धनुषकोटीधामबाट आफ्नो अत्यन्तै मिल्ने साथी यामबहादुर रसाइलीलाई आँप लिएर आउन फोन गरेका गौतम आफ्नो साथी धनुषकोटी पुग्नुअघि नै सम्पर्कविहीन भएका थिए। आँप लिएर धनुषकोटी पुगेका रसाइलीले साथीलाई फोन गर्दा फोन सम्पर्क हुन नसकेपछि अन्य आफन्तजनलाई खबर गरेका थिए। स्थानीयवासीसहित आफन्तजनको खोजीकार्य निरन्तररूपमा चलिरहे पनि ११ दिनपछि असार २७ गते शुक्रबारका दिन कनकाई सामुदायिक वन क्षेत्रमा मृतावस्थामा गौतमको शव फेला परेको थियाे ।

दिउँसो १ बजे घाँस काट्न आएका स्थानीयवासीले झाडीभित्र नचिनिने अवस्थामा रहेको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सोही दिन घोपामा शव परीक्षण गरेर शनिबारको दिन मात्र कनकाई नदीमा गौतमको अन्त्येष्टि भएको थियाे। आर्थिक अवस्था कमजोर भएका गौतमका बाबु तुलसीप्रसाद गौतमको तीन वर्षअघि नै निधन भएको थियाे भने आमा ईश्वरा गौतम माइलो छोरा बासुदेवसँग कनकाई-७ कालीमुडास्थित आफ्नै घरमा बस्दै आएकी छिन। कान्छो भाइ युवराज वैदेशिक रोजगारीमा छन्।

अघिल्लो दिन सोमबार बेलुकातिर घर आएको थियो, के छ आमा खबर, के गर्दै हुनुहुन्छ भनेर सोध्यो, अनि केही समय गफगाफ गरेर हिँडेको छोरो, आजसम्म देख्न पाएकी छैन, हामी कसैलाई पनि केही भनेन, भाइ कान्छासँग भने फोनबाट केही कुरा भएको भन्ने सुनेकी छु , के कसो भयो, केही पनि थाहा छैन, स्व गौतमकी आमा ईश्वराले गहभरि आँशु पार्दै भनिन, ‘छोरो हराएको कुरा सुनेपछि विर्तामोडस्थित सिद्धार्थ बैंकमा गएँ, उसका साथीलाई सोधेँ, उनीहरुले चिन्ता नलिनु आमा हराएको छैन भनेर सम्झाए, अनि आउँछ होला भन्ने आशा लागेको थियो, यो के को ब ज्र पर्यो।’

विर्तामोडस्थित कोठामा बस्दै आएका गौतम अघिल्लो दिन बेलुका आफ्नी श्रीमती कल्पना शारिरीकरूपमा केही अस्वस्थ भएपछि विर्तासिटी अस्पतालमा भर्ना गरेर रातभरि अस्पताल बसेका थिए। बिहान ७ बजेतिर बिरामी श्रीमतीलाई कोठामा पुर्याएर केही समयपछि औषधि राम्ररी खाँदै गर्नु म अफिस हिँडेको भनेर ८ बजेतिर निस्केकाे श्रीमती कल्पना बताउँछिन्। बेपत्ता हुनुपर्ने कारणका बारेमा जिज्ञासा राख्दा कल्पनाले त्यस्तो नराम्रो केही नभएको तर कहिलेकाँही भने सामान्य ठाकठुक पर्ने गरेको प्रतिक्रिया दिइन । बैंकको जागिरबाट पैसा कम्ती आउने, उनी आफू पनि मुटुको बिरामी, श्रीमती र आमाको उपचारका लागि पैसा खर्च गरिरहनुपर्ने भएपछि तनावमा परेर यस्तो निर्णय गरेको हुनसक्ने आफूलाई लागेको उनले बताइन ।

मृ त्युको कारण अनुत्तरीत
घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, विर्तामोडले गौतमकको शव छेउ सु साइड नोट समेत भेटेको थियो। भिजेको अवस्थामा भेटिएको नोटमा परिवारसँग गुनासो पोखिएको अनुसन्धान अधिकृत बताउँछन्। झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले शव छेउ सु साइड नोट भेटिए पनि के लेखिएको थियो भन्नेबारे बताशएनन् । हाल अनुसन्धानमै रहेकाले परीक्षणको रिपोर्ट आएपछि धेरै कुराको जानकारी आउनसक्ने प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

गौतमको शवलाई परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो तर, रिपोर्ट अझैसम्म आएको छैन। त्यहाँका चिकित्सकले शव सडेको अवस्थामा भेटिएकाले रिपोर्ट आउन ढिलो भएको बताए । सामान्यतयाः मानिसको मृ त्युको २४ घण्टापछिबाटै शव बिग्रिन थाल्छ। चिसो मौसममा लामो समयसम्म शव नबिग्रिने भए पनि गर्मीका कारण गौतमको शव पूर्णतः बिग्रिएको अवस्थामा भेटिएको थियो।

सु साइड नोटले आ त्मह त्या भएको हुनसक्ने आशङ्कालाई जोड दिए पनि घटनास्थल वरपर विष वा झुण्डिएको हुनसक्ने सबुत नभेटिनुले गौतमको मृ त्यु रहस्यमय छ। रहस्यको पर्दा चिकित्सकले परीक्षण रिपोर्ट दिएपछि मात्रै खुल्नेछ। रिपोर्टमा गौतम मृ त्युको प्रकृति र कारणबारे खुल्नेछ।

Related Posts

गुराँस गाउँपालिकामा राजनैतिक प्रतिशोधको कारण डेढ करोड रकम फ्रीज हुदै
अर्थ

गुराँस गाउँपालिकामा राजनैतिक प्रतिशोधको कारण डेढ करोड रकम फ्रीज हुदै

by satkarpost
0

दैलेख १० असार : कर्णाली उज्यालो कार्यक्रमबाट गुराँस गाउँपालिका ७  ओख्रेनी बस्तिलाइ बिधुतिकरनमा जोड्ने हेतुले कर्णाली प्रदेश  सरकारबाट बिधुत लाइन...

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने
कर्णाली प्रदेश

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

by satkarpost
0

जाजरकोट २५ बैशाख: बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस र ने.क.पा. माओवादी केन्द्र बिच गठबन्धन गरि निर्वाचनमा...

नेपाली काँग्रेस छेडागाड नगरपालिका मेयरको उम्मेदवारी सर्बसहमतबाट रत्न खड्का

नेपाली काँग्रेस छेडागाड नगरपालिका मेयरको उम्मेदवारी सर्बसहमतबाट रत्न खड्का

नेपाल राष्ट्रिय मगर संघको केन्द्रिय सदस्यमा कर्णालीबाट दैलेखका प्रेम रामजाली मगर

नेपाल राष्ट्रिय मगर संघको केन्द्रिय सदस्यमा कर्णालीबाट दैलेखका प्रेम रामजाली मगर

बाटोको नाममा अनावश्यक सामुदायिक बन फडानी गर्दै चिङ्गाड गाउँपालिका

बाटोको नाममा अनावश्यक सामुदायिक बन फडानी गर्दै चिङ्गाड गाउँपालिका

अमरगढी नगरपालिकाले अझै सन्चालन गर्न सकेन नगर बस

अमरगढी नगरपालिकाले अझै सन्चालन गर्न सकेन नगर बस

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

प्रधानमन्त्री निवासमा यस वर्ष देउसी भैलो नहुने

by satkarpost
0

काठमाडौँ २६ कात्तिक : प्रधानमन्त्री निवास बालुवाटारमा यस वर्ष तिहारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ । गत असारमा प्रधानमन्त्री...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.