झण्डै जिउँदाे मान्छेलाई म रेकाे भनी जलाइएन, ठूलाे अपराधबाट बच्याैं (हेर्नुस् भिडियाे)

काठमाडाैं : रैनादेवी छहरा सिद्धेश्वरका थानेश्वर कडेल जसले मिसन अस्पतालवाट निकालिएकी नर्मदा ज्ञवालीलाई सिधै घाट लैजाने सल्लाह दिए । नर्मदालाई अक्सिजन लगाइएको थियो । मिसन अस्पतालका चिकित्सकले अब नर्मदा अन्तिम अवस्थामा पुगेको जानकारी दिएपछि उनलाई सिधै पाल्पाको रिडि घाट लैजाने सल्लाह उनीहरुको भयो । अस्पतालमा ७६ हजार रुपैया तिर्नुपर्ने भयो ।

उपचार खर्च समेत दिन नसक्ने अवस्थाका उनीहरुलाई चिकित्सकले अक्सिजन लगाएरै घर लगेमात्र परिवारका सदस्यले उनको मुख देख्न पाउँछन् भन्ने सल्लाह दिएको उनले बताए । उनलाई डिस्चार्ज गर्न पनि धेरै जनाले आर्थिक सहयोग गरेका थिए ।

चिकित्सकले पनि अब बाँच्ने आश नभएको बताएपछि नर्मदालाई सबैको सल्लाहमा सिधै रिडि घाट लिएर गएकाे उनले बताए । तर रिडिमा अन्तिम संस्कारको काम गर्न लाग्दा नर्मदा जिवित रहेको थाहा भयो । उनलाई अन्तिम संस्कार गर्नु अघि पानीमा डुवाएर नुहाउन लागेको बेलामा नर्मदा बोल्न थालिन् ।

एम्बुलेन्समा राखेर घर लैजान भनेर हिडेपनि आधा बाटोमा पुगेपछि रिडि जाने सल्लाह भयो । रिडिमा अर्धजल दिएपछि कतिपय ब्यक्तिहरु फेरी फर्केर घर लगेको थुप्रै उदाहरण छन् त्यसैले हामीले अर्धजल दिन रिडि लगेको उनको भनाई छ ।

तर हामि रिडि लगेपछि आफन्तलाई फोन गर्दा आफन्तहरु मलामीकै हिसावले आफन्तहरु आएको बताए । पानीमा डुवाएर झुण्ड्याएर माथि ल्याउँदा शरिर चलाउन थालेपछि सबै अचम्म परेको उनले बताए । उनी भन्छन् उनलाई रिडी नलगेर घर लगेको भए भने नर्मदा नबाँच्ने उनले बताए । नर्मदाको अहिले लुम्बिनी अस्पतालमा उपचार भइरहेको छ ।

हेर्नुस् भिडियाे

सम्बन्धित खवर

Back to top button