आफ्नै आमा कहाँ छन् कहाँ? सौतेनी आमाले बनाइन यस्ताे हालत (हेर्नुस् भिडियाे)


काठमाडौं, ९ साउन : सौतेनी आमाको कुटाई त्यी दुईले दैनिक रुपमै खाईरहन्थे । कसैलाई भने अझ पिट्ने आमाले धम्की दिन्थिन् । गत असार ६ गते शुक्रबार विद्यालयमा झोक्रिएर बसेका सुशिललाई शिक्षकले कारण सोधे तर बताएनन् । सीता मावि चरङ्गेका शिक्षक लेखनाथ थापाले ढाडमा के छोएका थिए शुशिल ऐया आमा भनेर चिच्याए ।
सर्ट निकालेर हेर्दा ढाडभरी नीलडाम र चोट देखिए । त्यसपछि यो घटना बाहिर आएको थियो । शिक्षकले कुटिएर सख्त घाइते देखेपछि बहिनी सिर्जनालाई सोधे । उनको पनि शरीरको विभिन्न अंगमा नीलडाम थिए ।




दाजुबहिनी नै कुटिएको देखेपछि छिमेकीलाई सोधीखोजी शिक्षकले गरे । त्यसपछि घरकै सानी आमाले पिटेको रहस्य खुले प्रहरीलाई खबर गरी दाजुबहिनीको उद्धार भएको थियो । सिर्जना दुई बर्षकी हुँदा उनकी आमाले दोस्रो विहे गरेर गएपछि जीतबहादुरले डिलमाया संग दोस्रो बिहे गरेका थिए ।
जीत बहादुर अहिले रोजगारीका लागि दुवईमा छन् । प्रहरीले पक्राउ गरेपछि फुपु दिदिको रहेका दुई बालकालिका आमा अदालतबाट छुटेर आएपछि पनि घर गएका छैन् । “आमा आएको थाहा पाएपनि उनीहरु घरमा गएका छैन्” त्यी बालबालिकाकी फुपु दिदि बसन्ती थापाले भनिन् ।
हेर्नुस् भिडियाे