विहे गरेकाे दुईमहिना नवित्दै श्रीमानविरू द्ध करणीकाे मु द्दा


धरान : दुई महिना अगाडी टेम्के मैयुङ गाउँपालिका भोजपुरकी १७ वर्षीया सुनिता थापासँग प्रेम विवाह गरेका सुनसरी धरान उपमहानगरपालिका-६ का २१ वर्षीय युवराज कार्की आफ्नै श्रीमतीलाई जब रजस्ती क रणी गरेको अभि योगमा प क्राउ परेका छन्।
सुनिता बिहीबार श्रीमान कार्कीले जब रजस्ती क रणी गरेको भन्दै इलाका प्रहरी कार्यालय धरानमा जब रजस्ती क रणी गरेको किटानी दिएपछि प्रहरीले कार्कीलाई प क्राउ गरेको हो। सुनिताको जाहेरी दर्ता गरी इलाका प्रहरी कार्यालय धरानले उनका श्रीमानलाई प क्राउ गरी जब रजस्ती क रणी ऐन अन्र्तगत मु द्धा दर्ता गरेको हो। प्रहरीले सुनिताको वीपी कोइराला स्वास्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण समेत गरेको छ।



सुनिता र युवराजले गत वैशाख २७ गते मागी विवाह गरेको स्थानीय आनन्द सुवेदीले बताए । सुनिताले युवराजले घरमा भित्राइएदेखि नै आफूविरुद्ध कुटपिट गरी जब रजस्ती क रणी गरेको भन्दै स्थानीय महिलाको सहयोगमा इलाका प्रहरी कार्यालय धरानमा जब रजस्ती क रणी गरेको कि टानी जाहेरी दिएकी हुन्।
श्रीमानवि रुद्ध मु द्धा दर्ता गरेकी उनी हाल आफन्तकोमा बस्दै आएकी छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले युवराजविरु द्धको जा हेरी दर्ता गरी आवश्यक का रबाही प्रक्रिया अगाडी बढाइएको बताए । युवराजले श्रीमतीसँगको सामान्य झगडा भएको बताउँदै स्थानीय महिलाको उक्साहटमा लागेर आफूविरु द्ध मु द्धा हाली फसाइएको गुनासो गरे।