बारामा माेटरसाइकलले लियाे एकजनाकाे ज्यान

बारा : बाराको महागढीमाई नगरपालिकामा बिहीबार मोटरसाइकल दुर्घटनामा एकजनाको मृ त्यु भएको छ। बाराको कलैया उपमाहानगरपालिका–११ का शिवनारायण प्रसाद यादवको छोरा मोटरसाइकल चालक धर्मेन्द्र यादवको घटनास्थलमै मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

कलैया–बरियारपुर सडक खण्डको महागढीमाई–६ पत्रहती गाउँ जाने मोडमा नालाको पर्खालमा राति ना१८प ७१७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

याे पनि,

गुल्मी अपडेट : १३ जनाकै शव आफन्तलाई बुझाइँयो

गुल्मी : गुल्मीको सत्यवति गाउँपालिकामा पहिरोमा परी मृ त्यु भएका १३ जनाकै शव आफन्तले बुझेका छन् । बेपत्ता सबैको शव भेटिएपछि पोष्टमार्टमगरेर शुक्रबार आफन्तलाई बुझाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

गत मंगलवार राति अविरल वर्षासँगै आएको पहिरोमा परी सत्यवति गाउँपालिका वडानम्बर ३ र ४ को लिम्घा र ठूलो लुम्पेकमा डेढ वर्षीय बालक सञ्जु बिकसहित तारा बिक, माया बिक, बबी बिक, निर्मला बिक, पम्फा बिक, अञ्जली बिक, हिमान्सु बिक, छली बिक, सिवानी बिक, तिलकुमारी तरामु, दर्शन तरामु र दुर्गाबहादुर सिंजालीको मृ त्यु भएको थियो ।

पहिरोमा घाइते भएका ठूलो लुम्पेकका करिष्मा र धनी त्ररामुलाई भने दुई दिनपछि हेलिकोप्टरमार्फत उपचारको लागि काठमाडाैं लगिएको छ । घाइते २ जनाको टाउकोमा चोट भएकाले थप उपचारको लागि काठमाडौं पठाउनु परेको उपचारमा खटिएकी डाक्टर शिला ढकालले जानकारी दिइन् ।

उनीहरुको काठमाडौंको त्रिबि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । मृतका परिवारलाई तत्कालको लागि कि्रयाखर्चका लागि गाउँपालिकाले १०/१९ हजार रकम उपलब्ध गराएको छ । थप राहतको लागि केन्द्र सरकार र प्रदेश सरकारसँग समन्वय गरिरहेको प्रमुख जिज्ला अधिकारी पौडेलले बताए ।

पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएपछि हेलिकोप्टरमार्फत २० क्वीन्टल चामल, दुई क्वीन्टल दाल र एक क्वीन्टल चिउरा ठूलो लुम्पेकमा पुर्‍याइएको छ । पहिरोले ठूलो मानवीय क्षति भएकोले दुई स्थानका करिव ६ सय घरपरिवार सुरक्षित स्थानमा सारिएको छ । पहिरो प्रभावित क्षेत्रमा ३ सय पशु चौपायाँ मरेको अनुमान गरिएको छ । बिस्थापित परिवारको नामावली संकलन सुरु गरिदैंछ ।

सम्बन्धित खवर

Back to top button