यीनै हुन् झारफुककाे बहानामा किशाेरीमाथि जबरजस्ती गर्ने

ललितपुर : झारफुक गर्ने बाहनामा १६ वर्षीया किशोरीलाई जबरजस्तीगर्ने झाँक्री पक्राउ परेका छन्। ललितपुर महानगरपालिका १५ वडाको सामपाङ चोकबाट जबरजस्तीगर्न खोजेको आरोपमा झाँकीलाई प्रहरीले पक्राउ गरेको हो।महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रका अनुसार ४० वर्षीय झाँक्री सर्बु राई पक्राउ परेका हुन्।

टाउको र शरीर दुख्ने समस्या देखिएपछि ती किशोरी साउन ७ गते झाँक्रीकहाँ पुगेकी थिइन्। ‘उपचार गर्दा कसैले देख्न नहुने झाक्रीले बताएका रहेछन्,’ बालिकालाई उदृत गर्दै मिश्रले भने, ‘उनले झारफुक गर्ने बाहनामा किशोरीमाथि जबरजस्तीगर्न खोजेपछि उनी भागिछन्।’

किशोरीका अनुसार -‘ झाँकीले कोठाभित्र लगेर पर्दा लगाएपछि आँखा बन्द गर्न लगाए। त्यसपछि रोग निको हुनका लागि लगाएको कपडा फुकाल्नुपर्ने दबाब दिए। उनी आफैले किशोरीले लगाएको टिसर्ट माथि सारेर जबरजस्ती गर्न खोजेपछि त्यहाँबाट भागें।’

घटनाबारे किशोरीले आफ्ना अभिभावकलाई जानकारी दिएपछि उक्त घटना बाहिर आएको हो। झाँक्री राइले प्रहरीसमक्ष आफूले जबरजस्ती गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

झापा विर्तामोड स्थायी घर भएका ४० वर्षीय झाँक्री राइविरुद्ध जबरजस्तीकरणी उद्योगमा मुद्धा दर्ता भएको छ। बुधबारदेखि लागु हुने गरी पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

याे पनि
त्यस्तै, ललितपुरमै साउन ४ गते बलात्कारकोघटना घटेको छ। रौतहट स्थायी घर भई हरिसिद्धि बस्दै आएका २८ वर्षीय राजु वाइवाले १२ वर्षीय बालिकालाई जबरजस्तीकरणी गरेको खुल्न आएको छ। वाइवाले आफैले संचालन गरेको गलैंचा कारखानामा काम गर्ने बालिकालाई जबरजस्तीकरणी गरेका थिए।

सम्बन्धित खवर

Back to top button