याै नसम्पर्क गर्न नमानेकाे भन्दै पतिकाे लिं ग छिनाइदिएपछि…

काठमाडौं : युगान्डामा एक महिलाले आफूसँग यौ नकर्म गर्न नमान्ने पतिको लिं ग छिनाइदिएकी छन् । ती महिलाले अत्यधिक मदिरा सेवन गर्ने गरेकाले सजायस्वरूप पतिले यौ न गर्न छोडेका थिए । बीएट्रिस एसेन नामक महिला असार १५ गते राति १० बजे टिल्ल भएर घर आइन् अनि पति मोसेस ओकोटलाई यौ न गर्न भनिन् ।

ओकोट चाहिँ दिनभरि जनावरको शि कार गरेर घर आएका थिए । थाकेको सुरमा उनी खाना खाएर सुतिरहेका थिए । सुतेकै अवस्थामा बीएट्रिसले पतिमाथि आ क्रमण गरिन् । पति उठ्दा उनको प्यान्ट र गतले भिजिसकेको थियो । घटनापछि एसेन फ रार रहेको डेली मोनिटर पत्रिकाले लेखेको छ ।

पत्नीले अत्यधिक रक्सी पिउने भएकाले सजाय दिनलाई उनले पहिला पनि यौ न गर्न नमानेको र त्यही रिसको सुरमा उनले आफ्नो लिं ग काटिदिएको हुनुपर्ने पतिको भनाइ छ । ‘पतिका रूपमा म उसको रक्सी पिउने बानी सहेर बस्न सक्दिनथिएँ । त्यसैले मैले उनीसँग से क्स नगर्ने निर्णय लिएँ । उनी सुध्रिएलिन् भनेर यसो गरेको थिएँ,’ मोजेजले भने ।

यसअघि पनि यौ न गर्न नमान्दा पत्नीले आफूमाथि भौतिक आ क्रमण गरेको मोजेजले बताए । गाउँका अध्यक्षले पनि भने, ‘पोहोर साल उनले पतिको कुमको हाड भाँ चेर भागेकी थिइन् ।’गाउँमा घरेलु हिं सा व्यापक रहेको अध्यक्षले बताए । महिला तथा पुरुष दुवैले अत्यधिक मदिरा सेवन गर्ने गरेको उनको भनाइ छ । मोजेजको उपचार अपाक अस्पतालमा भइरहेको छ । प्रहरीले बीएट्रिसलाई खोजिरहेको छ ।

सम्बन्धित खवर

Back to top button