सीमा हराएकाे नेपाल
चर्चिच टेलीसिरियलका पात्र जोगिन्दरले गोतिष गोविन्दरसँग हात हेराउदै भन्छन् -हामीलाई के भइरहेछ बाजे ? जोतिषले घर कहाँ हो भनि सोध्छ, उनले फोन गरेर सोध्नु पर्छ बाजे, यसो भन्दा जोतिष रिसाउछन्, जोगिन्दर भन्छ, हो बाजे हिजो हामी घर गएको थियो आधा घर वारी थियो आधा पारी भोलीपल्ट पुरै पारी सरेको रहेछ के भो होला? ज्याेतिष भन्छन् त्यो त लोड सेडिङ्गको कारण रहेछ भनि प्रणायम गराउँछन् । हामीलाई यो सिरियलको कहानी मात्र लाग्न सक्छ, यो सत्य कहानी हो, हामीलाई मजाकी लाग्छ, हाँसो लाग्छ, किनभने हाम्रो मस्तिष्कमा नै लोड सेडिङ्ग छ ।
नशानशामा नकारात्मकताको वेगमान प्रवाह छ । र क्त कोशिकाहरु नकारात्मकताले जेलिएका छन् । त्यसैले हामी सत्य भन्दा काल्पनिकतातिर तन्कन्छौ । हामीमा सकारात्मकताको धरातल भत्किएर अविश्वासको सीमा छैन । सत्यलाई छलछामले ढाक्ने जित्ने संसारभरी होला तर हाम्रो देशमा विशाल सर्वोच्च छ । आदिम काल देखि हाल सम्म आई पुग्दा संसार विज्ञान प्रविधिको विकासमा दु्रत गति लिई रहेको छ भने हाम्रो देश पाप र कुकर्मले आचमित पार्दैछ ।
म दैनिकीजसो मोसफलका मिडिया हेरी पढी र सुनिरहेको हुन्छु अधवैसे लोग्नेले दुधमुखे बालिकालाई ब लात्कार गरी ह त्या, दाइजो कम ल्याएको निहुमा श्रीमानले गरे आफ्नै श्रीमतीको ह त्या, बो क्सीको आरोपमा ६० वर्षे बृद्धालाई नाग्गै पारी दिसा खुवाईयो । बाबुबाट आफ्नै छोरीले जन्माईन बच्च, सासुले आफ्नै ज्वाईसँग गरिन विहे, आफन्तैबाट बेचिईन नावालक केटी, राम्री नभएको भनि आफ्नै सासुले लगाईन बुहारीलाई आगो, धन कमाउन विदेशिएका युवाको ला स दैनिक पाँच बाकस आदि एक सय एक वटा समाचारले पाना रंगिएका , स्वर गुन्जिएका हुन्छन् त्यतिवेला म जलिरहेको, गलिरहेको र ढलिरहेको सिरसिरे महसुस गर्दै सोच्छु म जस्तै अरु निर्दोष मानिसहरुको आत्मा कति दुख्छ होला ?
अझ भन्दा यी समाचारका पीडित पात्रहरुका घरमा कत्तिको सन्सनावट होला ? मानवतासँग साइनो गाँस्ने आत्माले कत्तिको धिर्काछ होला ? यत्तिकैमा अर्को पन्ना दृष्य पढ्छु, सुन्छु भारतले सीमानामा बाँध बाँधेर डुवान पार्दैछ, २ दर्जन जङ्गे पिलर रातारात गायव, सीमावर्ती नेपाली भारततिर । फेरी झस्कदै र अलिकति जोसिदै मनन् गर्न थाल्छु रातारात सीमा भत्काउदै लालपुर्जा र नागरिकता खोस्दै कु ट्दै पिट्दै धम्काउदै ज र्बजस्त भारतिय भएकाहरुको उद्धार कसले गर्छ होला, यसरी सार्वभौम मुल्य मान्यता विपरीत नेपाल आमाका छातिमा रोपिएका विस्तारवादी किल्ला ढाल्ने आँट कुन बहादुरले गर्छ होला ? देशी विदेशी अन्याय अ त्याचार एवं ३ करोड नेपालीको लालनपालन गरिरहेको नेपाल आमाको गर्विलो छातिमा के जवाफ होला ?
यस्ता कैयन प्रश्नहरुको जवाफ मैले यत्रतत्र मागे अन्ततः एकै शब्दमा पाए ‘धिक्कार छ नेपाली धिक्कार’ । हिजो हार्न नजानेर बहादुर कमाएका पुर्खाका सन्तान आज जित्न नजानेर गुलामी गर्दैछौं । हिजो उत्तरमा सगरमाथा दक्षिणमा गौतम बुद्ध, पुर्वमा गंगा मेची हुदै पश्चिममा काली काँगडा सम्मको रक्षा गर्दै जंगी पिलर गाड्नेहरुको शालिक भत्काउदै, थातथलो बेच्दै इतिहास मेटाउदै भूडी मोटाउने र जमेको बोसो विलाउन लण्डन, वेलायत र अमेरिका छिरेर करोडौंको ढुकुटी सिध्याउदै छौं ।
सहयोगको नाममा हरिकंगाल जनताको छविचित्र पेश गर्दै दाताहरुको दानबाट बैशाखी सरकार चलाई रहेका छौं । आफ्नाे निहित स्वार्थ अनुकुल व्याख्या गरिने सिद्धान्तवाद र विचारको नाममा र क्त पिचासु बन्दैछौं । मानविय मान्यता विरुद्ध क्रु र र निर्दयी बन्दैछौं । हो मैले जताततैबाट एकोहोरो रुपमा यही आलपहरु पाई रहेको छु ।
मैले न्याय माग्दै गलेका इन्द्र प्रसाद र गंगामायाबाट पनि यस्तै यस्तै रोदन सुने, पटक पटक आत्मामा आगो लगाई रहेका डा. गोविन्द के.सी.बाट पनि यहि आभास पाए । उता ७५ वर्षिय बृद्धा आमा सुकमायाले वेपत्ता छोरो आउने आशामा बाटोघाटोतिर हेर्दै बटारिएका आँखाबाट झरिरहेका आँशुका धारामा पनि यस्तै जवाफ पाँए । दिनानुदिन ढलिरहेका उनका गलिरहेका, जलिरहेका, वेचिएकाहरूबाट पनि मैले यस्तै जवाफ पाँए । जो मैले माथि भनेको छु । हिजो सतिले सरापे भन्ने थियो, आज साधु सन्त महन्त जोगी सबैले धिकारी रहेको देख्छु ।
भनिन्छ संसारमा अन्याय अत्याचार, अधर्म, अराजगकता एवं अराजनितिले असमाधानको सीमा बढाउनु र वास्तविकता मेटाउनु मानिस धेरै लोभि, पापी र अधर्मी हुनाले हो । अर्थात यहि भन्छ लोभि पुरै संसार पाए पनि भोकै रहन्छ भने सन्तोषी एउटा रोटीले आफ्नाे पेट भर्छ ।
मैले पनि यहि निष्कर्ष निकालेकी मानिस आज तुच्छ संसारिक मोह र अपूर्ण महात्वाकाँक्षाले नै यति धेरै मानव साइनोबाट विरानिएको छ । सामाजिक अन्तरविरोधको चुली बढी रहेको छ । धर्मलाई पापले, सत्यलाई असत्यले, श्रमलाई अल्छीले, सहविचारलाई वेविचारले पराजित गर्दै मानिस स्वयम मानिस बन्न सकिरहेको छैन ।
अको सत्य यथार्थ के पनि हो भने केही मुर्खहरुको दर्शक सज्जनहरु हुनु र भ्रममा विश्वास गर्नु । यद्यपि म मेरो कलमको टुप्पासँग सहमत वा असहमत सम्पूर्णलाई के अनुनयन गर्न चाहन्छ की हामी विनम्रका साथ हाम्रो विशाल छाति खोलेर मानवता विरोधीहरुसँग पौठेजोरी गर्नै पर्छ, मसानघाटमा बहादुर पूर्खा जगाउनै पर्छ र हामी स्वयम कपन बाँधेर अत्याचारी रवैयाका विरुद्ध डाइनामाइड बन्नै पर्छ । त्यो पड्कने भन्न खोजेको नभई किरा लागेको बोटमा औषधी छर्दा उक्त प्राकृतिक रंग फर्कन्छ त्यसैगरी मानव मस्तिष्कमा लागेको किरा विचारको बुटीबाट मिल्काउदै गलत लाईनलाई पनि सहि बनाउनु हो ।
हामीले चाहेपछि नहुने के नै छ र, आँटेपछि धर्ति फटाउन सक्छौं, आकास थाम्न सक्छौं र हाम्रा विचार भावना एवं मगजबाट हराएका मेटिएका सीमारेखाहरुको पुर्नलेखन गर्न सक्छौं । अनि नकारात्मकतालाई निर्मुल पार्न सक्छौं । साँचो अर्थमा भन्नु पर्दा हामीले जुन जुन तर्क विर्तकहरुको खेती गरिरहेका छौं त्यसले मुलुकको इतिहास त मेटाउने नै छौं , २१ औं शताब्दीको विश्व आधुनिक मानव समाज निर्माण गर्ने यात्राबाट छुट्ने छौं र पुर्पुरोमा हात राखेर सरापिने छौं ।
यसर्थः अवका नौजवाहरुले मानव समुदायको विश्व सम्बृद्धिको गहन जिम्मेदारी पुरा गर्न मुठ्ठी प्राण र थोपा रगत सम्म अधि बढ्नु पर्ने बेला आएको छ । नेपाल आमाका छातिमा निर्मित गगन चुम्वी वे श्यालय र गुण्डागर्दी भ त्काउदै, छाक टार्न, आङ ढाक्न र मुन्टो घुर्सन विवश बनिरहेका तमाम नेपालीहरुको स्वर्णिम सपना साकार पार्नै पर्दछ । यो टुलटुलको अवस्था होइन युगान्तकारी परिवर्तनको माग हो । यसको अभिभारा पुरा गर्ने महान कार्यको छानविन गर्नु र लक्ष्यप्राप्त गर्ने सत्य संकल्प गर्नु मात्रै पनि वर्तमानमा भविष्यको लागि महान कार्यको शुभारम्भ हुनेछ ।
जित सत्यको हुन्छ, एक सत्य हजार असत्य भन्दा बलियो हुन्छ । दाम्लो नभए गाई, पिढ नभए लोट, तेस्रो नभए ढोल र विचार नभए राजनीति कदापी स्थिर रहन सक्दैन भनेझै हाम्रो देशको सामाजिक, सांस्कृतिक, आर्थिक, एवं राजनीतिक अवस्था अत्यन्तै गुज्रक र निश्क्रिय भइसकेको छ । देश बनाउछु भन्नेहरुका शताब्दीयौं देखिका थोत्रा विचार एवं वादहरुको अव कुनै औचित्य छैन ।
२१ औं शताब्दीको मानव समाजले नयाँ समाजवादको बहस चलाउनु पर्छ । सर्वस्वीकार्य विचार प्रतिवादनमा लाग्नु पर्छ व्यवस्थापकिय असामानताका विरुद्ध समानताको बाढी ल्याउनु पर्छ । आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, जातिय, क्षेत्रीय एवं वर्गिय असमानता असहिष्णुता र त्यसको कडी बनेको नेपाली राजनीतिक परिपाटीको समुल नष्ट गर्न एउटा नयाँ देशभक्तिपूर्ण अभियानको सुत्रपात गर्नु पर्छ । हाम्रो सीप श्रम,पसिना, आत्मियता र स्वाधिनता लुट्ने लुटाउनेहरुका विरुद्ध धारिलो संगिन बन्नै पर्छ, अपितु असतमा सतगमय ।