घरबाट हराएकी बालिका दुईदिनपछि जंगलमा भेटिँदा सबै अचम्मित
ताप्लेजुङ, साउन १५ : ताप्लेजुङको सिरिजंघा गाउँपालिका–१ की दुई वर्षिया बालिका सुम्निमा लिम्बु हराएको दुई दिनपछि सकुशल फेला परेकी छिन्। साउन १२ गते दिउँसो घरैबाट हराएकी लिम्बुलाई प्रहरीले नजिकैको जंगलमा मंगलबार फेला पारेको हो ।
यसरी एक्लाे जंगलमा हराएकाे दुईदिनपछि जीवतितै भेटेपछि सबैजना अचम्ममा परेका हुन् । उनीहरू अचम्ममा मात्रै परेका छैनन् विषय शं काकाे घेरामा समेत रहेकाे बताएका छन् ।
बालिकाका बाबुआमा काममा गएका थिए । बालिका हजुरबासँग घरमै बसेकी थिइन् । उनी कसरी जंगलमा पुगिन् भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी सञ्जय सिंह थापाले बताए । “घटनाको थप अनुसन्धान भइरहेको छ,” घटनास्थल पुगेका डिएसपी थापाले भने ।
याे पनि
यस्ताे छ आज बुधवारकाे माैसम
आज (बुधबार) मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भागभन्दा दक्षिण तिर रहेको छ, जसको कारणले नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशका अधिकांश सामान्य देखि पूर्ण बदलीको अवस्था छ । देशका थोरै स्थानम हल्का वर्षा भइरहेको छ ।
श्रावण १५ गते (बुधबार) : दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेगगर्जन सहित वर्षा हुने संभावना छ । रातीः देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानहरुमा मेगगर्जन सहित वर्षा हुने संभावना छ, देशको एक–दुई स्थानमा भारी वर्षाको संभावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श : राती पश्चिमी पहाडी भू–भागका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ ।