मुम्बई : काश्मीर घटनामा ‘एक्सन’ लिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले चर्चाका शिखरमा छन् । तर उनलाई चर्चाको शिखरबाट तल ओराली दिएकी छिन् सनी लियोनले ।
गुगल सर्चका क्रममा अगस्टको पहिलो सातासम्म उनी भारतमा सबैभन्दा बढी सर्च गरिने व्यक्तिमा पहिलो नम्बर हासिल गरेकी छिन् ।
यस सूचीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित बलिउडका सुपरस्टार शाहरुख खान, सलमान खानजस्ता स्टार पनि पछि परेका छन् । मणिपुर र असमवासीले सनीलाई सबैभन्दा बढी सर्च गरेका छन् ।
सनीले भनेकी छिन्, ‘मेरो टिमले यो खबर दिएपछि मलाई धेरै खुसी लागेको छ ।’