समर्थकहरूकाे भव्य प्रद’र्शनका बीच अदालत लगिए रवि लामिछाने

काठमाडौं : पत्रकार शालिग्राम पुडासैनी आत्मह’त्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछानेलाई जिल्ला अदालत, चितवनमा उपस्थित गराइएको छ । जिल्ला प्रहरी कार्यालय र अदालतबाहिर लामिछाने समर्थकले गरेको प्र’दर्शनका बीच उनीसहित तीन जनालाई अदालत उपस्थित गराइएको हो ।

चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले लामिछानेलाई अदालतमा उपस्थित गराइएको बताएका छन् । ‘अहिले म भिडकै बीचमा छु । उहाँलाई भित्र लगिसकिएको छ’, मल्लले भने, ‘थप अनु’सन्धानका लागि हामीलाई अदालतले आज म्या’द दिनेछ ।’

कानूनतः आत्मह’त्यामा दुरु’त्साहन गरेको अभियोगमा अदालतले अनुमति दिए प्रहरीले २५ दिनसम्म हिरा’सतमा राख्न सक्छ । लामिछानेसँगै बिहीबार प’क्राउ परेका न्यूज २४ का पत्रकार युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्कीलाई पनि अदालतमा उपस्थित गराइएको छ ।

अदालतबाहिर प्रद’र्शन गरिरहेका समर्थकले उनको रि’हाइको माग गरिरहेका छन् । पुडासैनीले आत्मह’त्या गर्नुअघि खिचेको भिडियो सार्वजनिक भएपछि प्रहरीले बिहीबार काठमाडौंबाट रवि लामिछानेसहित ३ जनालाई निय’न्त्रणमा लिएर चितवन लगिएको थियो ।

सम्बन्धित खवर

Back to top button