काठमाडौं : महानगरीय प्रहरी वृत्त, स्वयम्भूमा कार्यरत् प्रहरी जवान शंकर ठगुन्ना मृ’त अवस्थामा भेटिएका छन् । नागार्जुन नगरपालिका–३, ठूलो भर्याङमा ३० वर्षीया महिलासँग लिभिङ टुगेदरमा बस्दै आएका उनी गएराति मृ’त भेटिएका हुन् ।
स्वयम्भूका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीका अनुसार, प्रहरीले महिलालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । मध्यराति १ः२० बजे उनै महिलाले प्रहरीलाई ठगुन्ना झु’ण्डिएको अवस्थामा भेटिएको भन्दै खबर गरेकी थिइन् । अनुसन्धान अधिकृत घट’नास्थलमा पुग्दा, ठगुन्नाको शव भुइँमा ल’डिरहेको थियो ।
‘महिलाले भनेअनुसार सामान्य विषयमा वि’वाद हुँदा उनले म’र्छु भन्दै पा’सो बे’रेका थिए’, अनुसन्धान अधिकृत भन्छन्, ‘एक पटक त्यसो नगर्न भन्दाभन्दै मुक्का हा’नेर लडा’एको उनले बताएकी छिन् ।’ मुक्का प्र’हारबाट आफू ल’डेको बताउँदै प्रहरीसँग महिलाले भनेकी छन्, ‘ल’डेपछि एकछिन भुइँमै झप’क्क भएँ । उठेर हेर्दा झु’ण्डिएको देखेँ ।’
लगत्तै, झ्यालमा झु’ण्डिएका ठगुन्नाको सलको पासो खोलेको उनले बयान दिएकी छन् । प्रहरीका अनुसार, उनीहरु डेढ वर्षदेखि सँगै बसेका थिए । जवान ठगुन्ना २० वर्षका हुन् भने महिला ३० वर्षीया विवाहित हुन् । उनको श्रीमानको मृ’त्यु भइसकेको छ ।