राेजगारीकाे सिलसिलामा भारतमा श्रीमानकाे ज्यान गएपछि विहे गरेकाे एक महिनामै श्रीमती विधु’वा


बाँके : भारतको हिमाञ्चल प्रदेशमा कामका सिलसिलामा श्रीमानकाे ज्यान गएपछि विहे गरेकाे एक महिनामै श्रीमती विधुवा भएकी छिन । हिमाचल प्रदेशमा पहिराेमा परी १९ वर्षीय श्रीमान अर्जुन बुढामगरकाे ज्यान गएपछि श्रीमती दीपा बुढा एक महिनामै विधु’वा बनेकी हुन् ।
रोजगारीका लागि भारतको हिमाञ्चल प्रदेश पुगेका बाँकेका दुई जनाको पहिरामा परी गत साउन ३२ गते मृ’त्यु भएको थियो। राप्तीसोनारी गाउँपालिका–५ चिलहरियाका १९ वर्षीय अर्जुन बुढामगर र ४७ वर्षीय सनबहादुर बुढामगरको पहिराेमा परी मृ’त्यु भएको स्थानीय चिमबहादुर घर्तीले जानकारी दिए।



उनका अनुसार गत साउन ३२ गते रातिको समयमा आएको पहिराले रुख ढलाउँदा च्याँपिएर अर्जुन र सनबहादुरको घटनास्थलमै मृ’त्यु भएको थियो। घटनामा परेर बलबहादुर पुन, रमन पुन, रणवीर घर्ती, सनलाल पुन र कृष्ण थारू घा’इते भएका छन्। मृ’त्यु भएका दुई जनाकाे श’व आज रातिसम्ममा नेपाल ल्याइने भएको छ।
उनीहरु गत साउन १७ गते भारतको हिमाञ्चल प्रदेशको नारकान्द जिल्लामा स्याउ टिप्ने कामका लागि घरबाट हिँडेका थिए। उनीहरुसँगै गाउँका ३२ जना कामका लागि भारतको हिमाञ्चल प्रदेश गएका घर्तीले बताए। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राप्तीसोनारी गाउँपालिका कमिटीका अध्यक्षसमेत रहेका घर्तीले भारतबाट श’व ल्याउने काम भइरहेको जानकारी दिए।
आज रातिसम्म श’व नेपाल आइपुग्ने उनको भनाइ छ। दुवैको मृ’त्युको खबरले चिलहरिया गाउँ शो’कमग्न भएको छ। अर्जुनले गत असार १७ गतेमात्रै विवाह गरेका थिए। विवाहको एक महीना नबित्दै कमाउन भारत हिँडेका श्रीमान मृत्युको खबरले श्रीमती भावव्हि’ल बनेकी छिन्।