यस्ताे रहेछ रुकु र न्युज २४ बीचकाे कनेक्सन, आयाे कल डिटेल

काठमाडौं : स्वर्गीय पत्रकार शालिकराम पुडासैनी जीवनत्या’ग प्र’करणमा प’क्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्की माथि प्रहरीले अनुस’न्धान गरिरहेको छ । हिरा’सतमा राख्न जिल्ला अदालत चितवनबाट पाएको पाँच दिनको अनुमति सकिए पछि पुन : पाँच दिनको म्या’द थपी प्रहरीले घटना बारे अनुस’न्धान गरिरहेको छ।

प्रहरीले तीनै जनाको बयान लिसकेको र तीनै जनाले इ’न्कारी ब’यान दिएको बताइएको छ। बयान दिने क्रम रविले पुडासैनीले आ’रोप लगाउँदै बनाएको भिडियो अहिलेसम्म नहेरेको बताएका छन्। सरकारी वकिल कार्यालय श्रोतका अनुसार आफूलाई गा’ली गरेको र आ’रोप लगाएको भन्ने अरूबाटै सुनेको, तर भिडियो भने नहेरेको रविले ब’यान दिएका छन्।

तीनै जनाले इन्कारी ब’यान दिएसँगै प्रहरीले अन्य पाटो तर्फ अनुस’न्धानलाई केन्द्रित गरेको छ। रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की तीनै जनाको क’ल डिटेल प्रहरीकोमा पुगिसकेको र त्यस माथि विश्लेषण भैरहेको प्रहरी श्रोतले जनाएको छ।

श्रोतका अनुसार अस्मिता कार्कीको मोबाइलमा ‘सिधा कुरा जनतासँग’को प्रसारण च्यानल न्युज २४ को ल्याण्डलाइन नम्बरबाट विभिन्न समयमा पटक-पटक सम्पर्क भएको पाइएको छ। प्रहरीले यस विषयलाई ग’म्भीर रुपमा लिएर अनुस’न्धान गरिरहेको छ। शालिकरामले न्युज २४ छोडेपछि पनि कार्कीको मोबाइल र न्युज २४ को टेलिफोन नम्बरबीच सम्पर्क भएको हुँदा यस विषयलाई ग’म्भीरतापूर्वक लिइएको हो।

यता लामिछानेको मोबाइलबाट भने कार्कीसँग सम्पर्क भएको पाइएको छैन। हुन त, लामिछाने आफ्नो मोबाइलबाट बाहिरी व्यक्तिहरुसँग खासै कुरा गर्दैनन्। प्रायजसो उनले सहयोगीमार्फत न्युज २४को ल्याण्डलाइनबाट सम्पर्क गर्छन्। लामिछाने सहित तीनै जनालाई अदालतले हिरा’सतमा राख्न दिएको ४ दिनको म्याद आइतबार सकिंदै छ। आइतबार नै प्रहरीले आरो’पीको ब’यान, कल डिटेल, डिजिटल फ’रेन्सिक ल्या’ब(डिएफएल) को प्रतिवेदन र पो’ष्टमार्टम रिपोर्ट सम्पूर्ण अदालतमा बुझाउने तयारी गरेको छ।

सम्बन्धित खवर

Back to top button