माेटरसाइकल र स्कुटर आपसमा ठाे’क्किँदा एकजनाकाे ज्यान गयाे

काठमाडौं : शुक्रबार बिहान भक्तपुरमा मोटरसाइकल र स्कुटर एकआपसमा ठो’क्किँदा एक जनाको ज्यान गएको छ । बिहान साढे १० बजेतिर भक्तपुरको नयाँ ठिमी चारदोबाटोमा बा ६७ प ६७५४ नम्बरको स्कुटर र बा ७३ प ९७२१ नम्बरको मोटरसाइकल एकआपसमा ठो’क्किँदा मोटरसाइकल चालकको ज्यान गएको हो ।

भक्तपुरको कोरियन अस्पतालबाट बाटो काटेर बालकोटतर्फ जाँदै गरेको स्कुटर र काठमाडौं आउँदै गरेको मोटरसाइकल एकआपसमा जु’ध्दा ग’म्भिर घा’इते भएका ठिमी कमेरेटारका राजेश गोजाको उपचारको क्रममा मध्यपुर अस्पतालमा नि’धन भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । उक्त दुर्घटनामा घा’इते भएका स्कुटर चालक प्रविण लोहलाको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित खवर

Back to top button