अस्पतालको चरम लाप’रबाहीले ७ वर्षीय बालकको ज्यान गयो


कोहलपुर : मध्य तथा सुदुर पश्चिमकै ठुलो भनिएको कोहलपुरको दशबिगाहमा रहेको नेपालगन्ज मेडिकल कलेज (टिचिङ्हस्पिटल)बाट हुने गैर जिम्मेवार र सर्बसाधारण जनताको स्वास्थ्य प्रतिको निरन्तर खेलबाडले गर्दा नागरिकहरुमा अविश्वास र वितृष्णा पैदा भइरहेको छ ।
त्यसकै एउटा उदाहरण हो शुक्रवार मात्रै गुर्भाकोट ४ सहारे सुर्खेतका ७ बर्षिय बालक निशान बिकको डाक्टरको ग’म्भीर लापरबाहीका कारण अनाहाकमा ज्यान जानू । अस्पतालको चरम लापरबाहीले ज्यान गएपछि आफन्तहरुले राती ११ बजे सम्मा वि’रोध समेत गरेका थिए । तर, गरिब, दीन दु:खी र शक्तिहिन मान्छेको आवाज कस्ले सुन्थ्यो र ? अन्ततः उनीहरु आफै गले र वि’रोधको औचित्य समाप्त भयो ।



अस्पताल पुर्याएको भोलि पल्टै अस्पतालका डाक्टरहरुको चरम लापरबाहीले बालको अकालमै मृ’त्यु भएको थियो । उपचार सम्भव नभए आफूहरुलाई समयमै जनकारी गराउनको साटो मृ’त्यु भइसकेको धेरै समयपछि मात्र थाहा दिएको मृ’तकका अभिभावकले बताएका छन । पीडित विक आरोप लगाउँदै भन्छन् “अस्पतालले स्वास्थ्य जस्तो संवेदनशील विषयमा खेलवाड गरेर अरुका छोराछारीलाई प्रयोगशाला बनाएको छ । अनाहकमै मान्छेले ज्यान गुमाउनु परेको छ । म जस्ता पीडितले यो देशमा न्याय पाउने कानून छ कि छैन ?”
अस्पतालले आफ्नो कमजोरी लुकाउन हदै सम्मको प्रेसर गरि ज’बरजस्ति शव बुझ्न द’बाब दिएको बाबु अम्मर सिहं बिकले सत्कार पोस्टलाई जानकारी दिए । पींडित अमरसिंह विकले दिएको प्राप्त जानकारी अनुसार जब’रजस्ति गराइएको सहमतिको कागज एकजना आफन्तले बाहेक अरु कसैले हेर्न पाएका छैनन् । त्यहा के लेखिएको छ केही थाहा छैन । मौखिकरुपमा मात्रै भनिएको छ अरु सहमति भाद्र ८ मा गर्ने र पिडितलाई रु ३५ हजार रुपैयाँसम्म क्षतिपूर्ति दिने । दादागिरी शैलिमा मृ’तककी आमालाई मात्र हस्ताक्षर गराइ अस्पताल प्रशासनकै खर्चमा राती १२ बजे नै शव निकालि घर पठाइएको छ । मृ’तक बालकका आफन्तले केही समय वि’रोध गरेपनि अस्पतालले दिएको द’बाब थेक्न नसकी शव घर लिन वाध्य भएको बुझिएको छ । यस अस्पतालको चरम लाप’रबाहीका कारण यत्रो ठूलो घटाना घटेको पींडितका आफन्तहरु बताउँछन् ।
अस्पतालले भने यस विषयमा आफ्नो कुनै गल्ती नभएको जनाएको छ । प्रयास गर्दागर्दै बालकलाई बचाउन नसकिएको जिकिर गरेको छ ।
अस्पतालमा कार्यरत डाक्टर,नर्स तथा अन्य कर्मचारीहरुको व्यवहारले बि’रामी तथा बि’रामीका आफन्तलाई अस्पतालमा आएको भन्दा नर्कमा आएको महसुस हुने गरेको विरामी कुरुवाहरु बताउँछ्न ।
विरामी कुरुवाहरुको लागि अस्पताल भित्र बस्नका लागि कुनै सेवा सुबिधा तथा सरसफाइ नहुँदा निकै सास्ती खेप्नु परेको वि’रामीका आफन्तहरु बताउँछन् । उनीहरुका अनुसार बिरामी कुरुवा बस्ने ठाउँ जताततै फोहोरै फोहोर छ, जसले गर्दा निरोगी मान्छे पनि बि’रामी हुने अवस्था छ । मध्यपश्चिमकै सवैभन्दा ठूलो अस्पताल कहलिएको यो अस्पतालले पछिल्लो समय निकै आ’लोचना खेप्दै आएको छ ।








