रविका दशाग्र’ह ह’टाउन हिरा’सतमै ज्योतिष लिएर पुगिन निकिता
काठमाडौं : प्रहरी हि*रासतमा रहेका पति रवि लामिछानेको ग्र’हदशा क*टोस् भन्दै पत्नी निकिता पौडेल काठमाडौंबाटै ज्योतिष लिएर भरतपुर पुगेकी छन् । शनिबार नै भरतपुर पुगेकी उनले बाहिर मन्दिरमा रविको ग्र’हदशा ह*टोस् भन्दै पूजापाठ गराएकी हुन् ।
पूजापाठ गरेपछि निकिता प्रहरी हि*रासतमा रहेका रविलाई भेट्न ज्योतिषलाई पनि सँगै लिएर गएकी थिइन् । ज्योतिषले रविलाई टीका र चन्दन लगाइदिएको बताइन्छ । केही समय रविसँगे भेटेर दुवै बाहिरिएका थिए । भदौमै रविको जन्मदिन पर्छ ।
रविलाई अहिले साढे सातको द’शा लागेकाले पनि मु*द्दा मा*मिला लाग्न सक्ने ज्योतिषहरूले भविष्यवाणी गर्दै आएका छन् । सोही कारण निकिताले ज्योतिषलाई लिएर रविकहाँ पुगेकी हुन् ।यस्तै, रविलाई भेटेर फर्किंदा कलाकार निर्देशक दीपाश्री निरौलाको आँखाभरि आँशु देखिएको थियो ।
उनी बाहिर सञ्चारकर्मी र भित्र रविलाई भेट्दा पनि रोएकी थिइन् ।रविलाई भेट्न भनेर आइतबार बिहानै कलाकारहरू दीपकराज गिरी, निर्मल शर्मा, दीपाश्री निरौला, केदार घिमिरे, अनुराग कुँवर, रमेश उप्रेतीलगायत भरतपुर पुगेका थिए । उनीहरू अहिले काठमाडौं फर्केका छन् ।