आज रवि लामिछाने रि’या हुने सम्भावना कमै
काठमाडौं : पत्रकार शालिकराम पुडासैनी प्रक’रणमा प’क्राउ परेका संचारकर्मी रवि लामिछानेसहित तिनैजनालाई अदालतमा उपस्थित गराइएको छ । पत्रकार पुडासैनीले ज्यान जानुअघि आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियोको आधारमा अनुस’न्धानका लागि प’क्राउ परेका संचारकर्मी लामिछाने, युवराज कंडेल र अस्मिता कार्कीको अ’दालतमा ब’यान सुरु भएको हो ।
उक्त प्रकरणमा प’क्राउ परेका तिनजना मध्ये पहिले अस्मिता कार्कीको बयान सुरु भएको बताइएको छ । केहिबेर अघि मात्र सुरु भएको कार्कीको बयान सकिएपछि लामिछाने र कँडेलको बयान लिनुपर्ने र त्यसपछि मात्रै थु’नछेक ब’हस गरि अदालतले निर्णय गर्नुपर्ने हुँदा आज फैसला सम्भव नहुने स्थिति देखिएको हो ।
आइतबार जिल्ला प्रहरी कार्यलयले बुझाएको रायसहितको अनुस’न्धान प्रतिवेदन अध्ययन गरि सरकारी वकिल कार्यालयले तिनैजनालाई मुलुकी अप’राध संहिताको दफा १८५ मा मु’द्दा दर्ता गराएको थियो । थु’नछेक बहसपछि लामिछानेसहित ३ जनालाई साधारण ता’रेखमा, धरौ’टीमा रि’हा वा पू’र्पक्षका लागि थु’नामा पठाउने तिन विकल्प मध्ये अ’दालतले एक आदेश दिने बताइएको छ
भरतपुरको नारायणगढस्थित पोखरा बसपार्कको एक होटलको कोठाभित्र गत साउन २० गत्ते राति झु’ण्डिएको अवस्थामा फेला परेका पत्रकार पुडासैनीले एक भिडियो मार्फत संचारकर्मी लामिछाने ,युवराज कंडेल र अस्मिता कार्कीले आफूलाई ज्या’न फाल्न बाध्य बनाएको आ’रोप लगाएका थिए ।