खेत जाेत्ने क्रममा ट्याक्टर प’ल्टेर सहचालककाे ज्यान गयाे


जनकपुरधाम : महोत्तरीमा खेत जाेत्ने क्रममा ट्याक्टर प’ल्टिँदा एकजनाकाे ज्यान गएकाे छ । महाेत्तरीकाे बर्दिबास नगरपालिका ४ माइस्थानमा आइतबार दिउँसो खेत जाेत्ने क्रममा ट्याक्टर प’ल्टिँदा २२ वर्षीय बुद्ध थिङकाे ज्यान गएकाे हाे ।
खेत जोत्ने क्रममा ज५त ६९५३ नम्बरको ट्याक्टर पल्टिँदा च्या’पिएर सहचालक रहेका स्थानीय थिङ ग’म्भीर घा’इते भएका थिए । उनलाई तत्कालै उपचारका लागि बर्दिबासस्थित सिटी केयर अस्पतालमा लगिएको थियो।



उपचारको क्रममा उनको मृ’त्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ। मृ’तक थिङको शव पोष्टमार्टमका लागि जनकपुर प्रादेशिक अस्पताल ल्याइएको छ। ट्याक्टर चालक स्थानीय चन्द्रबहादुर जिम्बालाई प्रहरीले निय’न्त्रण्मा लिएर अनुस’न्धान सुरु गरेको जनाएको छ।