आजपनि छुटेनन् रवि लामिछाने

काठमाडौं : हजाराैं समर्थकहरु रवि लामिछाने रि’हा भएकाे देख्न चहान्थे तर आज पनि लामिछाने छुटेका छैनन् । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रक’रणमा प’क्राउ परेका संचारकर्मी रवि लामिछानेसहित तिनैजनालाई अदालतले पुन: हिरासतमा पठाएको छ । उक्त प्रकरणमा अनुस’न्धानका लागि प’क्राउ परेका तिनजना मध्ये अस्मिता कार्कीको मात्र ब’यान लिएर जिल्ला अदालत चितवनले पुन जिल्ला प्रहरी कार्यालय चितवनको हि’रासतमा पठाएको हो । रि’हाइकाे मा’ग गर्दै सम’र्थकहरु चितवन लगायत देशका विभिन्न सहरमा प्र’दर्शन गरिरहेका छन् ।

भर्खरै मात्र सकिएको कार्कीको बयान पछि लामिछाने र कँडेलको बयान भोलि १० बजेबाट पुन: सुरु हुने बताउदै अ’दालतले आज हिरा’सतमै राख्न आ’देश दिएको बताइएको छ । लामिछाने र कँडेलको ब’यान लिनुपर्ने र त्यसपछि मात्रै थु’नछेक ब’हस गरि अ’दालतले निर्णय गर्नुपर्ने हुँदा आज फै’सला स्थगित भएको जिल्ला अ’दालत चितवनका श्रेश्तेदार रुद्रमणि गिरीले जानकरी दिए ।

आइतबार जिल्ला प्रहरी कार्यलयले बुझाएको रायसहितको अनुस’न्धान प्रतिवेदन अध्ययन गरि सरकारी वकिल कार्यालयले तिनैजनालाई मुलुकी अ’पराध संहि’ताको द’फा १८५ मा मु’द्दा द’र्ता गराएको थियो । थु’नछेक ब’हसपछि लामिछानेसहित ३ जनालाई साधारण ता’रेखमा, ध’रौटीमा रि’हा वा पू’र्पक्षका लागि थु’नामा पठाउने तिन विकल्प मध्ये अदालतले एक निर्णय गर्नेछ ।

गत साउन २० गत्ते राति झु’ण्डिएको अवस्थामा फेला परेका पत्रकार पुडासैनीले एक भिडियो मार्फत संचारकर्मी लामिछाने ,युवराज कंडेल र अस्मिता कार्कीले आफूलाई ज्यान फाल्न बा’ध्य बनाएको भन्दै लगाएको आ’रोपमा अनुस’न्धानका लागि प्रहरीले उनीहरुलाई निय’न्त्रणमा लिएर १० दिन हि’रासतमा राखी अनुस’न्धान गरेको हो ।

सम्बन्धित खवर

Back to top button