‘सरकारले रविको जति जनता जम्मा गर्न पैसा दिएर भाडामा ल्याउनु पर्छ,


काठमाडौं, १० भदौं : पूर्व प्रधानन्यायधीश सुशिला कार्कीले रवि लामिछाने राम्रै मानिस भएका कारण अन्यायमा पर्न नसक्ने बताएकी छन् । उनले न्यायलयले उनको वास्तविकता बुझेर न्याए दिने छ । रवि लामिछाने राम्रै मान्छे हुन् भन्ने कुरा हामी सबैलाई थाहा छ उनले भनिन्, हामीलाई पनि त्यस्तो ग’लत काम गरे होलान् भन्ने लागेको छैन । त्यस्तो अ’भियानमा लागेका मानिस यस्तो ग’लत काम गरे होलान् भन्ने हामीलाई पनि लागेको छैन ।
उनले न्यायालयमा सबै मानिस ग’लत नभएको बताइन् । उनले न्यायालयप्रति मानिसको विश्वास गुम्दै गएको त्यसको कारण राजनीति भएको भन्दै गरिएको प्रश्नमा पूर्व प्रधानन्यायधीश कार्कीले सबै न्यायाधीस त्यस्तो नभएको बताइन् । उनले जीवनभर त्यो कुराले पोल्ने काम न्यायाधीशले नगर्ने बताइन् । ‘नराम्रा फैसला न्यायाधीशले गरे भने अन्तराष्ट्रिय समुदायले हेरेको हुन्छ, जीवनभर उसलाई त्यही घटनाले लखेटिरहन्छ त्यसैले न्यायाधीशले पनि आफु ग’लत काम गरौं भन्ने हुँदैन, उनले भनिन् ।



एउटा युट्युव च्यानलमा दिएको अन्तरवार्तामा उनले राजनीतिक दलका नेताले भने न्यायलयलाई पनि प्रभाव पार्न खोज्ने गरेको बताइन् । उनले कसैमाथि मु’द्दा चल्यो भन्दैमा त्यसलाई ठूलो रुपमा लिन नहुने बताइन् । मुद्दा चल्यो भन्दैमा दो’षी हुन् भन्न नसकिने उनको तर्क छ । उनले अधिवक्ता शम्भु थापाको अन्तरवार्ता हेरीसकेपछि रवि लामिछाने निर्दोष भएर छुट्ने कुरामा आफू विश्वस्त रहेको बताएकी छिन् । रविले पक्कै सफाई पाउने छन् , उनले भनिन् त्यस्तो अभियानमा लागेको मानिस एउटा मानिसको पछाडी त्यसरी लागे होलान् भन्ने मलाई विश्वास लागेको छैन । स्वत:स्फुर्त रुपमा रविका सम’र्थक सडकमा आएका हुन् त्यसलाई दमन गर्न नहुने उनको भनाई छ ।
जसरी अहिले न्यूज २४ टेलिभिजनको सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेललाई लगाइएको आत्मह’त्या दुरु’त्साहनको अ’भियोगले के कसैले कसैलाई रिसिवी साँधेर आत्मह’त्या गरेमा के हुन्छ भन्ने प्रश्न पनि उब्जिएको छ । कारण हो दुरु’त्साहनको विषयमा गरिएको परिभाषा नै कमजोर । जसमा वकिलहरु पनि सकरात्मक देखिन्छन् । सुरुदेखि नै कलाकार दिपकराज गिरिले यस विषयमा कुरा उठाउँदै आएका छन् ।
हेर्नुस् भिडियो








