‘वि’षालु सर्पलाई प्र’हार गर्ने हामीसँग थुप्रै विकल्प छन्’
काठमाडौं : पूर्वसहकर्मी शालिकराम पुडासैनी मृ’त्यु प्रक’रणमा मु’छिएका रवि लामिछाने ११ दिनको हि’रासत बसाइपछि बाहिर निस्कंदा आफ्ना समर्थकलाई सम्बोधन गरेका छन् । पाँच लाख रुपैयाँ धरौटीमा थु’नामुक्त भएका टेलिभिजन प्रस्तोता लामिछानेले सिधा कुरा जनतासँग मार्फत भ्र*ष्टाचार, बेथिति र विसं*गतीविरुद्ध अझै बलियो भएर प्रस्तुत हुने बताएका छन् ।
नारायणी नदी किनारमा आयोजित धन्यवाद सभामा उनले अदालतको आदेशको पूर्णसम्मान गर्दै अघि बढ्ने बताए । उनले आगामी शनिबारदेखि ‘सिधा कुरा जनतासँग’ कार्यक्रमले निरन्तरता पाउने बताए । आफूलाई अदालतले एउटा मु*द्दामा मात्रै नबोल्न आदेश दिएको बताउँदै लामिछानेले अरु लाखौँ मु*द्दामा जनताको आवाज बनेर प्रस्तुत हुने बताए ।
‘मलाई अदालतले एउटा मु*द्दामा नबोल्न भनेको छ तर देशमा बोल्नुपर्ने लाखौँ मु*द्दा छन् म ति मु*द्दामार्फत जनताको आवाज बुलंद पार्नुेछ’, लामिछानेले भने । उनले जनताको अपार माया पाएको आफूलाई सुरक्षा चुनौती छ भन्ने महसुस नभएको बताए । ‘धेरैले मलाई सुरक्षा चुनौती छ भनिरहेका छन् तर मलाई त्यस्तो लाग्दैन, मसँग जनताको माया छ, यो मायाले मलाई मार्छु भनेर आउनेहरु बाटोमै दुर्घटनामा पर्नेछन्’ रविले भने ।
उनले भ्र*ष्टाचारी र जनताका केही शोषकहरु वि*षालु सर्प बनेर आफ्नाविरुद्ध लागिरहेको बताए । ‘वि*षालु सर्पलाई प्र*हार गर्ने थुप्रै विकल्प हामीसँग छन् तर सर्पसँग ठुग्ने बाहेक अर्को विकल्प हुँदैन, त्यस्ता धेरै सर्पहरु देशमा छन् अझै बलियो भएर हाम्रो टिम आउँदैछ’, रविले भने ‘ भ्र*ष्टाचार विरोधी सामग्री प्रसारण भयो भने भनेर ति सर्पहरुले झर्को नमान्नुहोला ।’