रवि फाउण्डेशन अस्पताल निर्माण लागि आर्थिक सङ्कलन गर्न कलाकारको जम्बो टोलि विदेश जाँदै

काठमाडौं, १२ भदौ : अदालतमा विचाराधिक मुद्दा खेपिरहेका चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने अब मुद्दाको किनारा नलाग्दा सम्म विदेश भ्रमण जान नपाउने भएका छन् । तर उनले कालिकोटमा निर्माण गर्न लागेको अस्पतालका लागि भने विदेशवाट सहयोग आउने क्रम जारी छ । रवि लामिछाने फाउण्डेशनले कालीकोटमा अस्पताल निर्माण गर्न लागेको हो ।

विदेशमा आयोजना गरीने कार्यक्रममा रकम संकलन गरेर अस्पतालका लागि सहयोग पठाउने गरिएको छ । यो वर्षको तीजको अवसरमा पनि विभिन्न मुलुकमा कार्यक्रम आयोजना हुने भएका छन् । तर अदालतको आदेशका कारण रवि भने ति कार्यक्रममा सहभागी हुन जान पाउने छैनन् । यसैबिच इजरायलमा रहेका झापाली सेवा समाजले तीज महोत्सव आयोजना गरेर आर्थिक संकलन गर्ने भएको छ । झापाली समाज इजरायलले “तीज महोत्सव २०७६” को आयोजना गर्न लागेको हो ।

झापाली समाज इजरायलका अध्यक्ष सन्दिप भण्डारीका अनुसार अगष्ट ३० तारिख शुक्रबार तेलअभिवको तेलअभिव युनिर्भसिटीमा कार्यक्रमको आयोजना गरिने छ । कार्यक्रमका लागि चर्चित गायक गायिकाहरु प्रमोद खरेल, हिमाल सागर, गायक तथा संगितकार चेतन साप्कोटा चर्चित गायिका टिका प्रसाई र शान्तिश्री परियार इजरायल पुग्ने भएका छन् ।

कार्यक्रमलाई ब्यबस्थित र मर्यादित बनाउन इजरायलमा स्थापित करिव १८ वटा संघसस्थाहरूको समन्वयमा प्रतिनिधि खटाइने आयोजकले जनाएका छन् । २०१५ सालमा रोजगारिका लागी झापाबाट इजरायलमा कार्यरत झापालीहरूको सक्रियतामा स्थापित झापाली समाज इजरायलले मुख्य आयोजक भापाली समाज इजरायलले कार्यक्रम संयोजकको रूपमा दिपक प्रसाद ओलीलाई जिम्मेवारी दिएको छ ।

मुख्य आयोजक झापाली समाज इजरायलको सक्रियतामा आयोजित तिज महोत्सवमा आयोजक सस्थाहरू चितवन समाज इजरायल, भोजपुर समाज इजरायल, पर्वत समाज इजरायल, रुपन्देही सेवा समाज इजरायल, नारीका लागी नारी एक करोड एक रुपैया अक्षयकोष, प्रवासी सृजनशील महिला समूह इजरायल, नमस्ते नेपाल हातेमालो सामाजिक संस्था इजरायल, सहयोगी मनहरुको समाज इजरायल रहेका छन् ।

त्यस्तै इजरायल गोर्खा एसोशिएशन, हिन्दु जागरण अभियान इजरायल, ओम जन जागरण इजरायल, विश्व नेपाली साहित्य महासंघ शाखा इजरायल, अन्तराष्ट्रीय नेपाली साहित्य समाज इजरायल, साहित्य चौतारी नेपाल इजरायल, प्नवासी नागरिक समाज इजरायल, मुक्तक प्रतिष्ठान इजरायल, अन्तराष्ट्रीय कलाकार समाज इजरायल, राष्ट्रीय तामाङ घेदुङ इजरायल रहेका छन्

सम्बन्धित खवर

Back to top button