जानिराख्नुस्ः यौ नउत्ते जना बढाउने औ षधि कस्ताे व्यक्तिले खान हुँदैन

काठमाडौं : सिनामंगल स्थित सडकमा कम चहलपहल थियो । मध्यान्हको घामका कारण मानिसहरु उतिसारो सडकमा थिएनन् । त्यही नजिकै रहेको एउटा औ षधि पसलमा एक युवक पसलेसँग जोडतोडले कुरा गरिरहेका थिए । ‘जे पायो त्यहीं गफ दिने, ८ हजार तिरेको के काम’ उनी ज ङ्गिए । पसलले आफ्नो कुराम मनाउने प्रयास गरिरहेको थिए । ध्यान त्यतै केन्द्रीत हुन्छ । ति युवकले ८ हजार तिरेर यौ नशक्ति बढाउने कफी किनेका रहेछन् ।

त्यसले काम नगरेपछि पैसा फिर्ता दिन पसलेसँग जोड गर्दै थिए । उक्त कफी पिएमा यौ नक्षमता र चाहना दुबै बढ्ने र सोको प्रभाव १५ मिनेटमै देखिने भएपछि कफी खरिद गरेका थिए । कफीको प्रभावको परीक्षण आफ्नै प्रेमिकालाई गरे तर कुनै अ सर देखिएन । उनको बुझाइमा प्रेमिका शारीरिक स म्बन्धका लागि तयार भइनन् । योजना सफल नभएपछि उनी पैसा फिर्ता माग्न आएका थिए । पसलेले बढी कुरा गर्ने भन्दै प्रति वाद गरिरहेका थिए ।

साझको सात बजेको थियो । सिरसिरे हावा चलिरहेको थियो । कोटेश्वरको एउटा फार्मेसीमा अन्दाजी १९ वर्षजतिको को एक किशोर ग्राहकले फामेर्सी पसलेसँगं कचकच गरिरहेका थिए । ‘साहुजी १०० एमजीको दिनु न’ उनले पसलेसँग भने ‘भाइ ५० एमजीकोभन्दा दिन मिल्दैन’ साहुजीले उत्तर फर्काए । तर, ति किशोर उक्त वाक्यांस दोहोराइरहेका थिए । फार्मेसीवालाले ५० एमजीकोभन्दा दिन नमिल्ने बताउदै थिए । पछि कुरा बुझ्दा उनले यौ न शक्ति वढाउने औ षधि ‘भि यग्रा’ मागिरहेका रहेछन् । उमेर सानै भएकाले १०० एमजीको दिन नमिल्ने पसलेको भनाइ थियो । किशोरले ५० एमजीकोले काम नगर्ने भन्दै १०० एमजीको मागिरहेका थिए ।

यौ नवद्र्धक औषधिले निम्त्याएको विकृति यी दुई प्रतिनिधि घटनाले यौ नवद्र्धक औषधिको व्यवसायलाई प्रष्ट गर्दछ । सँगै, यसले निम्त्याएको वि कृतिलाई पनि प्रतिनिधित्व गर्दछ । सहरी समाजमा झु क्काएर यौ नवद्र्धक औषधि खुवाउंने र कामवासना पैदा गर्ने कुसंस्कृति हावी भइरहेको छ । अर्कोतर्फ, भि*यग्राजस्ता यौ नवद्र्धक औषधिको चरम प्रयोग बढिरहेको छ । यी दुई औषधि बजारमा देखिने विकृतीका प्रतिनिधि दृष्य मात्र हुन ।

औषधि बजारमा दिनहुँ से क्स पावर बढाउने औ षधि ठूलो मात्रामा किनबेच हुंने गरेको छ । होटेल तथा गेस्ट हाउस धेरै भएका क्षेत्र र नयाँ बसपार्क वरपरका औ षधि पसलको मुख्य कारोवार मध्ये यौ नवद्र्धक औषधि पर्ने गर्दछ । विशेषगरी यस्ता औ षधि कलङकी, नया बसपार्क, सिनामंगल, गौशला, रत्नपार्क लगायतका ठाउँमा ठूलो मात्रामा कारोबार हुने गरेको छ ।

भ्रामक प्रचार

दैनिकजसो पत्रपत्रिका तथा एफएमहरुबाट प्रकाशित र प्रकाशित हुने यौ नजन्य विज्ञापनले यस्ता वि कृतिलाई वढाउने विज्ञहरु पताउँछन् । यौ नअसन्तुष्टि, लिं गको लम्बाइ वढाउने, लिं ग कडा पार्नेदेखि खडा पार्ने, यौ नीको आकार मिलाउने, याै नसन्तुष्टि वढाउने, लामो समयसम्मको सहवासका लागि औषधिहरु उपलब्ध छन् भन्ने भ्रामक विज्ञापनहरु दैनिकरुपमा प्रकाशन प्रशारण हुने गर्दछन् । त्यसको प्रभावले र गोप्य रुपमा आफ्नो साथीलाई यौ नउ त्तेजनामा ल्याउनको लागि यस्ता औ षधिहरुको वि कृती वढिरहेको छ । विज्ञापनको पछि लागेर युवाहरुले हजारौ रुपैयाँ खर्च गरेर पनि यस्ता औ षधि खरिद गर्ने गरेको भेटिएको छ । यता खुलेआम औ षधि पसलेहरुले यस्ता औ षधिलाई बेचिरहेका हुन्छन् । उनीहरुले ग्राहकको अनुहार हेरेर औ षधीको मूल्य तोक्ने गरेको भेटिएको छ । यौ नप्यास मेट्न तथा आफ्नो स्वार्थ पूरा गर्न उनीहरु महिलालाई ‘फायर’ बनाउने भन्दै से क्स पावर बढाउने भि यग्रालगाएतका औ षधि खरिद गर्छन । पछि यस्ता औष धिले काम नगरेपछि पैसा त गयो, आप राधिक मनोविज्ञानका कारण जिन्दगी पनि जाने गरेको छ ।

कसरी काम गर्छ यो औषधिले

यौ नरोग विशेषज्ञ बद्रीप्रसाद भट्राईका अनुसार औ षधि कम्पनीले उत्पादन गरेका से क्स पावर बढाउने औ षधिहरुमा ‘सिलडेनाफिल सिटरेट’ भन्ने तत्व हुन्छ । जुन तत्वले मानिसको रगत नलीहरुमा रागतको प्रवाह वढाएर लि ङगलाई फुलाउने काम गर्दछ । औषधिले यौ नअंगलाई कडा बनाउने काम गर्दछ । जसको कारण मानिसमा मरेर गएको यौ नचाहना पुनः जीवित हुन्छ । उनी भन्छन् ‘से क्स पावर बढाउने औ षधिको नाममा बजारमा दर्ता बिना नै बिक्री भएका औ षधीले कसरी काम गर्छ भन्ने र त्यसको असर के हुन्छ भन्ने जानकारी नै हुँदैन । तर, औ षधि कम्पनीले उत्पादन गरेका औ षधिहरु अनुसन्धान गरेर निकालेको हुन्छ, डाक्टरको सल्लाह अनुसार खानुपर्छ ।’

औ षधि कस्ता कस्ता

अहिले नेपाली बजारमा से क्स पावर बढाउने औ षधि छ्याप्पछ्र्याप्ती पाइन्छन् । औ षधि कम्पनीहरुले ५० र १०० एमजीको ट्याबलेटमा यस्ता औ षधीहरु निकालेका छन् । यस्तो औ षधिहरु यौ न दुर्वलता भएका बयस्कहरुको लागि थोरै मात्रामा खानु पर्ने चिकित्सकहरु बताउछन् । यो औषध खरिद बिक्रीको पक्रिया हेर्दा त्यसको ठीक बिपरित देखिएको छ । बजारमा भिएग्रा, मेडिग्रा, सिलेग्राजस्ता औ षधिहरु आधिकारिक रुपमा दर्ता भएर आएका छन् । तर, बजारमा छ्याप्पछ्र्याप्ती पाइने अन्य औ षधीहरु दर्ता नै भएका छैनन् । युवतीहरुलाई खुवाउने चुईगम, कफी, चकलेट युवाहरुले जति पनि मूल्य तिरेर लाने गरेको देखिएको छ । कफी र चकलेट मात्र होइन आजकाल बजारमा केटाहरुको लि ङगमा प्रयोग गर्ने मलम, स्प्रे, तेल, क्याप्सुललगायतका औ षधिहरुले बजार तताएको छ । तर, ती औ षधि प्रायः जसो अबैध रहेको पाइएको छ । सिनामंगलमा फार्मेसी पसल संचालन गरेर बसेका पवन केसी भन्छन् ‘अधिकाशं युवाहरु आफ्नो प्रेमिकासंग से क्सको कुरा खुलेर गनै सक्दैनन तर आफ्नो चाहना पूरा गर्नैका लागि जतिपनि मूल्य तिरेर यस्ता औ षधि लाने गर्छन । उनीहरुलाई आधिकारिकताको मतलब नै हुँदैन ।’ औषधि पसलमा पाईने यस्ता से क्स पावर बढाउने औषधिहरुको मूल्य अचम्म लाग्दो छ । काम गर्ने नगर्ने कुनै ग्यारेन्टी छैन तर मुल्य न्युनतम २ सयबाट शुरु भएर १० हजार भन्दा माथिको रहेको छ । तैपनि यस्ता औ षधिको माग अन्य औ षधिकोभन्दा उच्च रहेको छ ।

अविवाहितले बढी प्रयोग गर्ने

से क्स पावर बढाउने औ षधि सामान्यतया यौ नदुर्बलता भएका वयस्क महिला तथा पुरुषले प्रयोग गर्छन । तर फार्मेसीमा यस्ता औ षधिका बिक्री विवाहितभन्दा अविवाहित युवाहरुले बढी मात्रामा खरिद गरेको पाईन्छ । बानेश्वरमा फामेर्सी सञ्चान गरेर बसेका दिपक घिमिरे भन्छन ‘प्रायजसो यस्तो औ षधि किन्न युवाहरु नै आउछन, हप्तै पिच्छे किनेर लान्छन् ।’ उनीहरुको मागअनुसार हामी यस्ता औ षधिहरु मगाउछौ, यसमा हाम्रो कुनै दो ष हुने कुरै भएन ।’

ग्राहक कस्ता कस्ता

अधिकांश औ षधि पसलमा यस्ता औ षधि किन्न आउनेहरु वयस्क भन्दा युवाहरु नै नै पाईएको छ । बयस्कहरु औ षधि कम्पनीले उत्पादन गरेको औ षधि बढी प्रयोग गर्ने भेटिएको छ । तर युवाहरु भने आफूलाई भन्दा केटीहरुलाई झुक्क्याएर खुवाउन से क्स पावर बढाउने कफी, चुईगम, चकलेटहरु किनेर लैजाने देखिएको छ । चाहाविलमा फार्मेसी सञ्चालन गरेर बसेका एक फार्मेसी सञ्चालक भन्छन ‘वयस्कहरुभन्दा कलेज पढ्ने केटाहरुले यस्तो औ षधि लान्छन, त्यसको साथसाथै सवारी मजदुरहरु, व्यापारी, लज तथा गेष्ट हाउसका मालिकहरुले पनि बिक्री गर्ने उद्देश्यले यस्तो औ षधि लान्छन ।’ उनी थप्छन ‘ केटाहरुले यस्तो औ षधि लानु त अहिले सामान्य भईसकेको छ, कहिलेकाही यस्तो औ षधि लिन युवतीहरु तथा गृहणीहरु नै आउने गर्छन ।’

कस्ता व्यक्तिले खाने हो यो औ षधि

से क्स पावर बढाउने औषधि सामान्यतया यौ न दुर्बलता भएका वयस्क मानिसहरुको लागि उत्पादन गरिएको हुन्छ । डाक्टर भट्टराईका अनुसार यस्तो औ षधि समबन्धित बिशेषज्ञको सल्लाह बिना खान मिल्दैन । डाक्टरले रोग पहिचान नगरी यस्तो औ षधि खाएमा निकट भविष्यमा ग म्भिर अ सर पर्न सक्छ । उनी भन्छन ‘यस्तो औ षधि समबन्धित विषयको डाक्टरको पुर्जा बिना बेच्न मिल्दैन तर यहाँ मनपरि छ । अ बैध औ षधिसमेत बिक्री भएको छ, जुन औ षधि भित्र के छ त्यसको ? अ सर र परिणाम कसैलाई थाहा नै छैन ।’ उनको अनुसार कसलाइ के आवश्यक छ, त्यो डाक्टरले छुट्याउने हो । कुन उमेरमा कस्तो रोग लाग्छ र कती मात्रामा कुन औ षधि प्रयोग गर्ने डाक्टरको सल्लाह लिने हो । से क्स जस्तो सं वेदनशील विषयको औ षधि चाउचाउ चकलेट खाएजस्तो हावा तालमा खाने होइन । अनि, कसैलाई ग लत नियतले खुवाउने पनि होइन किनकि यसले दिर्घकालिन रुपमा ख तरा निम्त्याउछ ।

के अ सर गर्छ यो औषधिले सामान्यतया मानिसलाई ज्वरो नआइकन सिटामोल खायो भने मात्र पनि त्यसले असर गर्छ । मानिसलाई आवश्यक नै नभएको औषधि चकलेट सरह खादाँ अ सर त पर्ने नै भयो । डाक्टर भटट्राई भन्छन ‘यस्तो औ षधिहरु सामान्य मानिसले खादाँ छाती पोल्ने, वा कवाकी लाग्ने, रि ङगटा लाग्ने, बे होस हुने जस्ता तत्कालिन असर देखापर्छ । तर, दिर्घकालिन रुपमा यसको ख तरा ड रलाग्दो छ । उनका अनुसार यस्ता औषधि सामान्य मानिसले प्रयोग गर्दा भविष्यमा यौ नदुर्बलता हुने, पुरुषहरु नपुशं क हुने तथा महिलाहरुमा बाझोपन बढ्ने ख तरा हुन्छ । ‘यस्ता औ षधिको प्रयोग बानी पर्दै गएमा पछि गएर यौ न जीवनमा नक रात्मक अ सर पर्छ ।’ डाक्टर भट्टराई भन्छन ‘त्यसका साथसाथै विभिनन्न यौ न तथा यौ नजन्य रोग लाग्ने ख तरा समेत उत्पन्न हुन्छ ।’

सम्बन्धित खवर

Back to top button