आठ जनाको नेपाली नागरिकता खारेज


काठमाडाैं : मन्त्रिपरिषद् बैठकको निर्णयले आठ जनाको अंगिकृत नागरिकता खारेज गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जनाकारी दिएका छ्न् ।
बाँस्कोटाका अनुसार राजेन्द्र महत्तो, राजेश्वर महत्तो, विन्दे महत्तो, दानादेवी महत्तो, रामकिशोर महत्तो, राजकुमार महत्तो, स्वशी महत्तो र अशोक शाहको नागरिकता खारेज गर्ने निर्णय गरिएको हो ।



मन्त्री परिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री बास्कोटाले विभिन्न ८ जनाको नेपाली नागरिकता खारेज गरिएको जनाएका हुन् ।