फेरि अ ज्ञात समुहले गर्याे वडा कार्यालय आ गजनीः पाँच घरसँगै दुई पसल जले


मुगु : मुगु जिल्लाको पश्चिम खत्याड भेगमा पर्ने खत्याड गाउँपालिकाको २ नम्बर वडा कार्यालयमा अ ज्ञात समूहले आ गजनी गराएको छ । आइतबार राति करिब १२ बजेतिर वडा कार्यालयमा आ गजनी गराइएको बताइएको छ। आग जनीबाट कार्यालयका सम्पूर्ण कागजपत्रसहित वडा कार्यालय ज लेर पूर्णरूपमा न ष्ट भएको २ नम्बर वडाका वडा अध्यक्ष लालबहादुर मल्लले जानकारी दिए ।
उनका अनुसार आग लागी कसले गर्यो भन्ने यकिन थाहा नभएको तर घटना शं कास्पद रहेको बताए । भित्र मान्छे सुतेका भए पनि बाहिर चुकुल लगार्ई आ गो लगाएका र आग लागीलगत्तै मान्छे झ्यालबाट भाग्न सफल भएका छन्। अरू कार्यालयमा रहेका सम्पूर्ण सामान कागजपत्र पूर्णरूपमा ज लेर ख रानी भएका अध्यक्ष मल्लको भनाइ छ ।



आगलागीमा परी वडाकार्यलयसँगै रहेका वडा सचिव टंकबहादुर मल्लको स्टेशनरी पसल, पदम बुढाको मोबाइल पसल, हरिकृष्ण दाहाललगायत ५ जनाको घर ज लेर न ष्ट भएका छन्। आगलागीबाट ५ करोड बराबरको क्षति भएको अध्यक्ष मल्ले बताए । आगो कसले र किन लगायो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।