काभ्रेमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ३ जनाको ज्यान गयाे
बनेपा : काभ्रेमा छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनमा ३ जनाले ज्यान गुमाएका छन्। तीन घण्टाको अन्तरमा भएका तीन दुर्घटनामा तीन जनाको मृ त्यु भएको हो। आइतबार बिहान करिब १० बजे काभ्रेको बनेपा न.पा–१४ स्थित साझा पेट्रोलपम्प नजिक बनेपाबाट साँगातर्फ जाँदै गरेको बा.५७.प ९४६९ नं को मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको बा१७च ८११२ नम्बरको स्कारपियोमा ठ क्कर खाँदा मोटरसाइकलमा चालक बनेपा नगरपालिका १२ कोटथुम्का बस्ने २१ वर्षीय रवीन थापाको मृ त्यु भएको हो।
सोही स्थान बस्ने २६ वर्षीय सवीन थापाको उपचारको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको प्रहरीले जनाएको छ। रवीनको अस्पतालमा उपचारको क्रममा मृ त्यु भएको प्रहरीको भनाइ छ। यस्तै, सोही स्थानमा आइतबार दिउँसो दिउसो १ बजे (बनेपा न.पा.१४ स्थित साझा पेट्रोल पम्प नजिक) साँगाबाट बनेपातर्फ जाँदै गरेको बा ९९ प ३३९७ नम्बरको स्कुटीले सोही दिशाबाट आँउदै गरेको बा ६ ख ७३१५ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा ट्रकको पछाडिको भागमा ठ क्कर खाँदा स्कुटीमा सबार पहिचान नखुलेको १ व्यक्तिको मृ त्यु भएको छ।
ट्रकमा ठाे क्किएर घाइते भइ उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपामा लगेकोमा अस्पताल पुर्याउना साथ डाक्टरले मृ त घोषणा गरेको बनेपा प्रहरीले जनाएको छ। यस्तै आइतबार रोशी गाउँपालिका–८ गिम्दीबेशीस्थित बिपी राजमार्गमा काठमाडौंबाट मंगलटारतर्फ जाँदै गरेको ना६२प ७३१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
धादिङ सल्यान ३ घर भई हाल कालिसिद्धि गण बर्दिबासमा कार्यरत नेपाली सेनाका अमलदार ३५ वर्षीय भोज नारायण श्रेष्ठको मृ त्यु भएको हो प्रहरीले जनाएको छ। दुर्घटनमा ग म्भीर घा इते श्रेष्ठको उपचारको लागि धुलिखेल अस्पताल पठाइएको थियो। घा इतेको मुखमा चोट लागेका कारण बोल्न नसक्ने अवस्थामा प्रहरीले उनलाई अस्पताल पठाएको थियो। धुलिखेल अस्पतालमा ल्याउन साथ डाक्टरले उनलाई मृ त घोषणा गरेको थियो। मोटरसाइकल नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।