क्यान्सरले छटपटाईरहेको छोरा बचाइदिन बाबुको अपिल

-राजेन्द्र कार्की
काठमाडौं : ब्लड क्यान्सर भएका छोराको उपचारमा सहयोग गरिदिन बाबुले आग्रह गरेका छन् । आर्थिक अभावले छोरा निराजको उपचारमा समस्या भएपछि जाजरकोट कुशे गाँउपालिका ३ का रामचन्द्र शर्माले सहयोगको याचना गरेका हुन् ।

राजधानी स्थित भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराईरहेका १५बर्षिय निराज शर्माको उपचारमा समस्या परेको हो । स्थानिय पशुपति मावि, कक्षा १० मा अध्ययनरत निराज केही समय अघि मात्र विरामी भएका थिए । बुवा रामचन्द्रका अनुसार शुरुमा पश्चिम रुकुमको चौरजहारी स्थित मिसन अस्पताल अस्पतालमा उनलाई उपचारका लागी लगिएको थियो । विरामीको अवस्था जटिल देखेपछि मिसन अस्पतालले वीर अस्पताल काठ्मान्डौ रिर्फर गरिदियो । विर अस्पतालमा चेक गराएपछि सो अस्पतालले ब्लड क्यान्सर भएको आशंका गर्दै भक्तपुर स्थित क्यान्सर अस्पताल रिर्फर गरिदियो ।

भक्तपुर अस्पतालले विरामीको रक्त परिक्षणका लागी दिल्ली पठायो । शुक्रवार उनको ब्लड क्यान्सर भएको पुष्टि सहितको रिपोर्ट आएको छ बुवा रामचन्द्रले भने –‘दैनिक २०/२५ हजार खर्च भैरहेको छ । विरामी छोरालाई उपचार गर्न लैजांँदा १२ सय रुपैयांँ मात्र साथमा थियो । अहिले सम्म एक लाख ७० हजार खर्च भैसक्यो । मासिक तीन प्रतिशत ब्याजका दरले ऋण काढेर उपचार गराईरहेको छु । अझै कति रकम लाग्ने हो । घरको आर्थिक अवस्था एकदमै नाजुक छ । डाक्टरले कम्तिमा ६ महिना उपचार गर्ने भन्नु भएको छ ।’

शनिवार देखि अस्पतालले किमो चढाउने बताएको छ । उनका तीन छोरीहरु र एक छोरा छन् । छोरीहरु साना छन् । छोरा त्यही मात्र एक हो । घरमा कमाउने मान्छे छैनन् । कसरी छोराको उपचार गरुँ उनले समस्या दर्शाउँदै भने ‘छोरा बचाउन सहयोग गरिदिनुहोस् । तपाईलाई भगवानले हेर्नेछन् ।’

सहयोग गर्न चाहनेले बुवा रामचन्द्र शर्माको फोन नम्बर ९७४८०९४९४९ मा सम्पर्क गर्न सक्नुहुनेछ । कृपया, मन्दिरमा चढाउने भेटी यी बालकको उपचारका लागि चढाइदिनुस् । क्यान्सरले छटपटाईरहेका निराजले तपाईलाई साक्षात भगवान रुपमा देख्नेछन् ।

सम्बन्धित खवर

Back to top button