साउन २१ नवलपरासी- पूर्व नवलपरासी कावासोती–१६, डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा सर्पदंश उपचार सेवा शुरु गरिएको छ । सामुदायिक अस्पतालको रुपमा रहेको अस्पताललाई जिल्ला अस्पतालमा स्तरोन्नति गरिएसँगै यहाँबाट सर्पदंशको उपचार सेवा थप गरिएको हो ।
सेवा शुभारम्भ भएकै दिन सर्पदंशको उपचारका लागि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई प्रशिक्षण समेत प्रदान गरिएको छ । सो कार्यक्रम मध्यबिन्दु जिल्ला अस्पतालका का अध्यक्ष डा. गोपाल खनालको अध्यक्षता एवम र्सपदंश बिशेषज्ञ डा. छविलाल थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रम मा पुरानो मेडिकल कलेज भरतपुरका सर्पदंश विशेषज्ञ डाक्टर रोहन झा , सर्प विशेषज्ञ डा देब पाण्डे , पुरानो मेडिकल कलेज भरतपुरका बरिस्ठ बजार अधिकृत दुर्गा न्यौपानेलेप्रक्षिक्षण दिनु भएको थियो ।
कार्यक्रममा कावासोती नगरपालिका प्रमुख चन्द्राकुमारी पुनको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले जिल्लाको जुनसुकै स्थानमा र्सपले टोके पनि त्यसको उपचारका निम्ति बिभिन्न कठिनाईसहित अन्य जिल्लाका अस्पतालमा कुद्नुपर्ने बाध्यता रहेकाले अब त्यो बाध्यता हटेको बताएका थिए ।
उनिहरुले नवलपुर जिल्ला अस्पतालबाट र्सपदंशको उपचार सेवा सञ्चालन हुने भएपछि र्सपले टोकेको छोटो समयमा नैे र सहज र सरल तरिकाले आफ्नै जिल्लाबाट उपचार सुविधा लिन पाउने बताएका थिए ।
तालिममा सहभागिहरुलाई र्सपका किसिम,र्सपको टोकाई तथा लक्षण ब्यवस्थापन कसरी गर्ने , साथै सर्पले प्रकृतिमा रहेका नकरात्मक पदार्थलाई सेवन गरी बातावरणीय क्षेत्रमा सर्पले पुर्याउने योगदान लगाायतका बारेमा स्वास्थ्यकर्मिहरुलाई जानकारि दिईएको थियो । सो अबसरमा ब्यवस्थापन समितिका पदाधिकारी ,समाजसेवि, बुद्धिजिवि ,लगाायतको उपस्थित थियो ।