काठमाडाैं : माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीले मृ त्युअघि जग्गा व्यवसायीसँग भेटघाट गरेको बुझिएको छ । पुडासैनाीले मृ त्युअघि केही जग्गा व्यवसायीसँग छलफल गरेको चितवनको साैराहा अनलाइनले भिडियो सहित पुडासैनीको समाचार प्रकाशन गरेको छ ।
उसले पुडासैनीको झु ण्डिएको अवस्थाको तस्बीर समेत सार्वजनिक गरेको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ घर भएका शालिकराम पुडासैनी चितवनको कंगारू होटलको कोठामा झु ण्डिएको अवस्थामा फेला परेका थिए ।
पत्रकार पुडासैनी सोमबार राति नै झु ण्डिएको अवस्थामा फेला परेका हुन । प्रहरीले उनको साथमा रहेको परिचयपत्रका आधारमा उनको आफन्तलाइ राति नै खबर गरेपछि उनीहरू अहिले चितवन पुगेका छन् । उनी नाइलनको डोरी पंखामा पा सो लगाएर झु ण्डिएको अवस्थामा रहेका थिए । एउटा खुट्टा खाटमा र एउटा खुट्टा झु ण्डिएको अवस्थामा पुडासैनीको शव भेटिएपछि मृ त्यु थप रहस्यमय बनेकाे हाे ।
पुडासैनी झु ण्डिएको डोरी भुइँमा समेत लतारिएको छ । उनी दुइवटा खाटको बीचमा टेबुल राखेर पंखामा पा सोलगाउन पुगेको जस्तो पनि देखिन्छ यद्यपी एउटा खुट्टा खाटमा टेकिइरहेको अवस्था हेर्दा कसैले झु ण्डाएको हो कि भन्ने शं कागर्ने ठाउँसमेत रहेको छ ।
पुडासैनी त्यहाँ रिपोर्टिङकै लागि पुगेका थिए वा अन्य कामले गएका थिए भन्ने केही खुलेको छैन । यसबारेमा उनीकार्यरत माउन्टेन टेलिभिजनले अहिलेसम्म कुनै आधिकारिक सूचना जारी गरेको छैन । समाजिक सञ्जालमा भने शालिकरामको ह त्या भएको भन्दै चर्को बि रोध भैरहेको छ । धेरैले शालिकरामको मृ त्यु शं कास्पद भएको भन्दै छानविनको माग गरेका छन ।