श्रीमान वैदेशिक राेजगारमाः श्रीमतीमाथि परिवारबाटै याै नहिं सा
काठमाडाैं : श्रीमान् विदेश गएको छ महिना मात्र भएको छ तर, परिवारका सदस्यहरूले अनेक लान्छना लगाउन थालेका छन् । सबैभन्दा अप्ठयारो त ससुराको व्यवहार छ । सानो छोरालाई स्तनपान गराइरहेको बेलामा सुटुक्क कोठामा पस्छन्, विरामी भएर उपचार गर्न जाँदा मलाई किन नलगेको जस्ता कुरा गर्छन् ।
विवाह भएको १७ वर्ष भयो । दुई छोरी र एक छोरा छन् । श्रीमान बाहिर जान थालेको पनि १२ वर्ष भइसक्यो तर, आजसम्म पनि पैसा पठाउने बेलामा विभिन्न शं कालु कुरा गर्नुहुन्छ । गाउँका मान्छेलाई फोन गरेर मेरोबारे सोधीखोजी गर्नुहुन्छ ।
श्रीमान वैदेशिक रोजगारमा जान थालेको १२ वर्ष भयो । छोरा जनकपुरको बोर्डिङ स्कुलमा पढ्छ । छोरालाई भेट्न, श्रीमानले पठाएको पैसा झिक्न भदैलाई साथी लैजाने गरेको छु । तर मान्छेहरु आफ्नै भदैसँग अनैतिक सम्बन्ध रहेको भनी श्रीमानलाई कुरा लगाइदिँदा रहेछन् । यसले बेलाबेला वि वाद हुन्छ ।
माथि उल्लेखित घटना पुरुषहरु बैदेशिक रोजगारीमा जाँदा श्रीमतीहरुले भोग्नुपरेको हिं साका प्रतिनिधिमूलक घटना मात्र हुन् । पुरुष रोजगारीमा जाँदा उनका श्रीमतीहरुले चुकाउनु परेको सामाजिक मूल्यमध्ये यौ नहिं सा डरलाग्दो छ ।
महिलाहरु सामाजिक, आर्थिक, घरेलु मात्र होइन, यौ नहिं साको समेत शि कार हुने गरेका छन् ।
‘बैदेशिक रोजगारीमा गएका पुरुषहरुको श्रीमतीले भोग्नुपरेको सामाजिक मूल्य’बारे मानवअधिकार आयोगले गरेको अध्ययन अनुसार बहुसंख्यक बुहारी बर्ग सामाजिक हिं सामा पर्ने गरेका छन् । जसको श्रीमान विवाह गरे लगतै वैदेशिक रोजगारीमा जान्छन्, उनीहरुलाई छिमेकी र परिवारकै सदस्यले विभिन्न लान्छना लगाउने, जिस्क्याउने र श्रीमानलाई नका रात्मक कुरा लगाइदिने गरेका छन् । यस्तै पीडित हुन् सिन्धुपाल्चोककी जसु लामा ।
उनको विवाह हुने बित्तिकै श्रीमान् विदेश गएका थिए । भूकम्प जाँदा पनि श्रीमान घरमा नभएकाले सबै काम आफैंले गर्नु पर्यो । परिवारका सदस्यले भने अनेक आ रोप लगाउँथे । ‘एक पटक मु र्छा परेर ढ लेछु । भाइले हस्पिटल लग्यो’ उनले अध्ययन टोलीसँग भनेकी छन्, डाक्टरले कमजोरी भन्यो तर परिवारका सदस्यले अ वैध गर्भ पतन गरी भन्ने आ रोप लगाएर घरमा हेँला गर्न थाले ।’
अध्ययनका क्रममा सिन्धुपाल्चोकमा भएको सामूहिक छलफलमा सहभागीले ‘फलानोको श्रीमान वैदेशिक रोजगारीमा गएको छ । उसको श्रीमतीलाई फकाएर घुमाउन लैजान पर्यो भन्ने दाउमा एउटा समूह नै छ’ भनेको रिपोर्टमा उल्लेख छ ।
सिन्धुपाल्चोकका साथै धनुषामा गरिएको अध्ययनले सानै उमेरमा विवाह भएका केटीहरु, जसको श्रीमान बैदेशिक रोजगारीमा छन्, उनीहरु बढी सामाजिक हिं साको शि कार हुने गरेको पाइएको छ । एउटै महिलालाई विभिन्न प्रकारका हिं सा पनि हुने गरेको पाइएको छ’ आयोगको रिपोर्टमा उल्लेख छ ।
श्रीमान् विदेशमै रहँदा घरमा छुट्टियौं । ऋण पनि हाम्रो भागमा परेको थियो । अब भाइ आउँदैन, भाइको भागको ऋण तिरेर उसको भागमा परेको ३ धुर जमिन पनि आफ्नो नाममा गर भनेर ससुराले भन्नुभयो । जग्गा पनि जेठाजुको नाम गरेर मलाई र छोरीलाई घरबाट निकालिदिए । ३ वर्ष भइसक्यो श्रीमानले फोन नगरेको पनि । माइतीमा आउँदा पनि दाइ भाउजुले गा ली गर्छन् । भाइले जहाँ देख्यो, त्यही पि ट्छ । मेरै कारणले दाइ, भाइ र भाउजुहरूले बचन लाउन थालेपछि आमाले पनि घरबाट नि स्केर जा भन्नुभयो ।
पुरुष विदेशमा रहँदा श्रीमतीहरुमाथि हुने अर्को हिं सा आर्थिक हो । एकातिर श्रीमानले पैसा नपठाउने र अर्कातिर घर परिवारले खान–लाउन नदिने समस्या छ ।
सबै जना एउटै टहराको फरक विस्तारामा सुत्ने गर्थे । साँझमा प्रायः र क्सी खाएर आउने ससुरा मसँग शारीरिक स म्बन्ध राख्न खोज्थे । ससुराले आफ्नै विस्तारमा कपडा खोलेर शारीरिक सम्बन्धका लागि मेरो विस्तारामा आएका रहेछन् । मैले थाहा पाएपछि गा लामा एक च ड्कन लगाएर धकेलेँ ।
अध्ययनमा सहभागी महिलाहरुका अनुसार धेरैजसो महिलाका श्रीमानले उनीहरुकै नाममा पैसा पठाउने गरेको बताए । केहीले भने नागरिकता नभएका कारण अरुकै नामा पैसा आउने गरेको बताए । जसको नाममा पैसा आएपछि आफ्नो आवश्यकताअनुसार खर्च गर्न नपाउने उनीहरुको गु नासो छ । एक जनाले विदेशमा कमाउने र खाने मुुख धेरै हुने भएकाले ऋण चुक्ता गर्न मुस्लिक भएको अध्ययनमा सहभागीहरु अधिकांश महिलाले बताएका छन् ।
कतिपयको अवस्था भने फरक छ । विवाह गरेर विदेश गएका श्रीमानले सुरुमा आफ्नो नाममा पैसा नपठाउने तर बच्चा जन्मिएपछि भने पठाउने गरेको अनुभव छ ।
पुरुष वैदेशिक रोजगारीमा जाँदा श्रीमतीहरु यौ नहिं सामा पनि गरेका छन्, त्यो पनि बाहिरी पुरुषभन्दा घरकै संरक्षक भनिने ससुरा, जेठाजु, देवर जस्ताबाट ।
कतिसम्म भने श्रीमान वैदेशिक रोजगारीमा जाने बेला नै उसको कोसँग शारिरीक सम्बन्ध बनाउने भन्ने तय भएको हुने अनौठा तथ्यसमेत फेला परेको छ । यसमा श्रीमान श्रीमती दुबैको सहमति हुन्छ । श्रीमानी नहुँदाका लागि राखिने शारीरिक सम्बन्ध घर परिवारभित्रकै परिवारका सदस्यहरुको हुने गरेको पाइएको भन्दै प्रतिवेदनमा भनिएको छ, ‘जो महिला यस विषयमा आवाज उठाउँछन्, उनीहरुलाई विभिन्न लान्छना लगाउने गरेको पाइएको छ ।’
अधिवक्ता रेखा झाले धनुषामा परिवारभित्रै हुने यौ न हिं साको उच्च रहेको बताइन् । उनले भनेकी छन्, ‘जब एक युवती विवाह गरेर जान्छिन्, त्यसै पनि उनी जेठाजु, देवर तथा ससुराको नजरमा परिसकेकी हुन्छिन् ।’ श्रीमान वैदेशिक रोजगरीमा गएपछि उनी पारिवारिक यौ न हिं साको उच्च जो खिममा पर्ने उनले बतान् ।
श्रीमान् वैदेशिक रोजगारीमा गएपछि परिवारमा नन्द, देवर अनि ४१ वर्षका ससुरा थिए । वैशाख २०७२ को भूकम्पले घर भत्किएपछि हाम्रो परिवार टहरामा बस्न थाल्यौं । सबै जना एउटै टहराको फरक विस्तारामा सुत्ने गर्थे । साँझमा प्रायः र क्सी खाएर आउने ससुरा मसँग शारीरिक स म्बन्ध राख्न खोज्थे । ससुराले आफ्नै विस्तारमा कपडा खोलेर शारीरिक सम्बन्धका लागि मेरो विस्तारामा आएका रहेछन् । मैले थाहा पाएपछि गालामा एक च ड्कन लगाएर धकेले । ‘तँलाई शारीरिक सम्ब न्धकै लागि बिहे गरेर ल्याएको हो, जसले शारीरिक स म्बन्ध राखे पनि के भयो’ भनेर जब रजस्ती गर्न लाग्नुभयो । त्यहाँबाट भाग्दा पछ्याएपछि तर्साउन काठ उचालेर हान्दा उहाँ भुइँमा ढल्नुभयो । त्यसको तीन दिनपछि मृ त्यु भयो । ससुरा मारेको आरो पमा मलाई जिल्ला प्रहरी कार्यलयमा सानो बच्चासहित थुनेर राखिएको छ ।
मानवअधिकार आयोगको अध्ययन प्रतिवेदनका अनुसार श्रीमान वैदेशिक रोजगारीमा रहँदा घर परिवारबाटै यौ न हिं सा भोग्नेहरुको पीडा आंकलन गर्नै नसकिने अवस्था छ ।
श्रीमान रोजगारीका लागि गएपछि श्रीमतीहरुले घरेलु हिं सा पनि बढी नै भोग्नु परेको पाइएको छ । खासगरी सासु र बुहारीको असमझदारीकै कारण हिं सा हुनेछ ।
सासुले बुहारीको लवाइखवाइ, हिँडडुल र साथीहरुसँगको मेलमिलाप तथा दाइजो जस्ता विषयमा विवाद गर्ने गरेका छन् । यही क्रममा सासुले हातपात गर्दा प्रतिकार गरे चरि त्रही नको संज्ञा दिने गरेको अध्ययनमा सहभागीहरुले बताएका छन् । घरेलु हिं साका कारण कतिपयले त घर नै छाडेर हिड्ने गरेको पाइएको छ ।
बैदेशिक रोजगारमा रहँदा श्रीमतीका बारेमा घरपरिवार र छरछिमेकी तथा आफन्तले न कारात्मक र भ्रामक कुरा सुनाइदिँदा पतिपत्नीबीच विश्वासको सं कट आउने ध्ययनका क्रममा सहभागीहरूले बताएका छन् । कतिपय श्रीमानले घरपरिवार, छरछिमेकीसँग श्रीमतीको चियोचर्चो गरिदिन आग्रह गर्ने समस्या पनि छ ।
मानवअधिकार आयोगले बैदेशिक रोजगारमा रहेका युवाका श्रीमतीहरूले चुकाउनुपरेको सामाजिक मूल्यबारे राष्ट्रव्यापी अध्ययन गरी आवश्यक कदम चाल्न सरकारलाई सिफारिस गरेको छ । साथै महिलाहरू सामाजिक, तथा पारिवारिक बहि ष्कारसम्मको स्थितिमा रहेको भन्दै आवश्यक कदम चाल्न भनेको छ । अनलाइन खबरबाट ।