सुमार्गीको सम्पत्ति शुद्धिकरणकाे सक्कल फाइल सर्वाेच्चले माग्याे


काठमाडौं : सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीले नेपाल स्याटलाइट टेलिकमका लागि भन्दै भित्र्याएको सवा २ अर्ब रुपैयाँको वैधानिकता विवादमा सम्पत्ति शुद्धीकरणको सक्कली फाइल मगाउने आदेश गरेको छ।
न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र मनोजकुमार शर्माको संयुक्त इजलासले नेपाल राष्ट्र बैंकले रोक्का गरेर राख्दा विभागले तयार गरेको फाइल अदालतमा पेश गर्न भनेको हो।



सुमार्गीले मुक्तिश्री सिमेन्ट इण्डस्ट्रिजका नाममा ल्याएको ७५ मिलियन अमेरिकी डलर (करिब ८० करोड नेपाली रुपैयाँ) राष्ट्र बैंकले रोक्का गरेको थियो । इन्भेस्टमेन्ट बैंकमा रहेको उक्त रकम नरोक्न माग गर्दै सुमार्गी सर्वोच्चमा गएका थिए।