श्रीमतीले छाेरी जन्माएपछि अस्पतालमै छाेडेर टाप कसे श्रीमानले
जुम्ला : नेपाली समाजमा अझैपनि छोराछोरी भनि गरिने वि भेद अहिलेसम्म पनि कम भएको छैन । छाेरी भएकै कारण मृ त्युकाे मुखसम्म पुगेकाे धेरै उदाहरणहरू हाम्रै सामु छन् । छाेरी भएकै कारण कहरकाे जिन्दगी विताउन विवशता छन् चेलीहरू ।
यस्तै एक घटना जुम्लामा एक बुवाले गरेका छन् । जुम्ला पातारासी गाउँपालिका तल्फिगाउँका बीरबहादुर बोहराले छाेरी जन्मिएपछि श्रीमती र छारीलाई अस्पतालमै छाेडेर टाप कसेका छन् । बुधबार ३५ वर्षीय पुतली महताराले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा छोरी जन्माएकी थिइन् ।
बच्चा जन्मेपछि अस्पतालमा खुसी छायो तर श्रीमान् बीरबहादुर बोहरालाई छोरी जन्मेकोमा पटक्कै चित्त बुझेन । वीरबहादुरले सुत्केरी श्रीमती र छोरीको स्याहारसुसारमा आलटाल गर्दै अस्पतालमै छोडेर घरतिर टाप कसेका हुन् ।
श्रीमानले छोडेर गएपछि १० दिनको सुत्केरी पुतलीलाई घर जान कठिन भएको छ । अस्पतालले एक दिन, दुई दिन गर्दै बस्न दिने भयो तर डिस्चार्ज गरिसकेपछि बस्ने कुरा भएन । उनी यतिबेला ठूलाे समस्यामा परेकी छिन् ।
यो पनि पढ्नुहोस
आमा बाबुले नै अर्कै बिहे गरेपछि हस्पिटलमा अलपत्र भाईको उपचार हुने भयो !
बुवाले कान्छी आमा बिहे गरेर अर्को घरबार गरे अनि सुखका साथ बस्दैछन् । आमाले पनि अर्कै बिहे गरेर गईन्, नयां दुनियां बसाईन् । अनि त्यहि आमा बुवाबाट जन्मेका एउटा १७ बर्षको दाई नबिन गिरी बिगत धेरै महिनादेखि व्लड क्यान्सर भएर जीवन र मरणको दोसाधमा रहेका आफ्नो १३ बर्षको भाईलाई बचाउन चारतिर हार गुहार गर्दै सहयोग मागिरहेका छन् ।
काठमाडौंको नयां बानेश्वरको सिभिल हस्पिटलमा पुग्दा बेड नं २२७ मा खेल्ने, कुद्ने, रमाउने, पढ्ने कलिलो उमेरका हेमराज गिरी व्लड क्यान्सरसंग जुध्दै जिन्दगी र मृत्युकोअन्यौलतामा पल्टिरहेका देखिन्छन् । बोनम्यारो ट्रान्सप्लान्ट गरेर भाईलाई बचाउन डाक्टरले २६ लाख खर्च लाग्ने नबिनलाई बताएका छन् ।
यसैबिच कलाकार तथा समाजसेवी शिशिर भण्डारीले नबिन र हेमराजको कारुणिक भिडियो प्रस्तुत गरे । उनको भिडियो सामाजिक सन्जालमा भाईरल बन्यो र देश तथा बिदेशबाट सहयोगीहरुले सहयोग रकम पठाउनु भयो । सबैलाई जुटाउँदै शिशिरले २ लाख ३ हजार २ सय रुपैंया भाईको उपचारका लागि नबिन लाई बुझाए ।
सहयोगीहरु मध्ये अमेरिकाबाट गोमा अधिकारीले ८१ हजार सहयोग रकम पठाएकी थिईन् ।सोही बिच अष्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्सीका प्रमुख होम दवाडीले ५० हजार सहयोग पनि बुझाए । भिडियो हेर्नुस, के हेमराज र नबिवनका बुवा आमा फर्केर आए ?