बाँसकाे भाटाेमा आड लिन खाेज्दा २३ वर्षीय युवकाे ज्यान गयाे


अर्घाखाँची : कहिलेकाही सानातिना कुरामा ख्याल नगर्दा ज्यानै जानसक्ने ख तरा हुन्छ । त्यस्तै भयाे अर्घखाँचीमा । ढिस्का माथिकाे बाँसकाे भाटाेमा आड लागेर उभिन खाेज्दा एकजनाकाे युवकाे ज्यानै गएकाे छ ।
भूमिकास्थान नगरपालिकाको वडा नम्बर ३ धारापानीका २३ वर्षीय शिशिर भाटकाे ढिस्कोबाट लडेर घटनास्थलमै मृ त्यु भएको हाे । शुक्रबार घर नजिकैको ढिस्कोमा सुकेको बाँसमा आड लिएर उभिँदा ढिस्कोबाट तल खसेका ज्यान गएकाे हाे ।



करिब १० मिटर तल बाटो छेउको पक्की नालीमा खस्दा भाटको घटनास्थलमै मृ त्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । भाटको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।
यस्ताे अवस्थामा घरपरिवारले एउटा गतिलाे सपना गुमायाे भने राष्ट्रले एउटा हाेनहार युवा समेत गुमाउनु पर्याे ।