डुबेर बे पत्ता दुवै युवाकाे भेटियाे शव

धादिङ : धादिङको दरिगांल खोलामा डुबेर बे पत्ता भएका दुई युवाकाे शव भेटिएकाे छ । शनिबार बिहान गजुरी गाउँपालिका–६ स्थित दरिगांल खोलामा नुहाउन गएका २२ वर्षीय सुमन स्याङ्तान र २१ वर्षीय भीम घलाङ डुबेर बेपत्ता भएका थिए।

उनीहरूसँगै नुहाउन गएका अरु दुईजनाले भने पौडेर ज्यान जोगाएका थिए। शनिबार बिहान १० बजेतिर डुबेका युवाको शव स्थानीयले दिउँसो २ बजेपछि निकालेका हुन्।

खोलामा डुबेर दुई युवक बे पत्ता भएपछि आ क्रोशित स्थानीयबासीले खोलामा बालुवा ढुंगा निकाल्न प्रयोग हुँदै आएका दुईवटा स्काभेटरमा आगजनी गरेका थिए।

स्थानीयले अरु स्काभेटरमा पनि तो डफोड गर्न थालेपछि प्रहरीले नियन्त्रणको प्रयास गरिरहेको थियो। खोलामा ज थाभावी उत्खनन् गरेका कारण यस्ता घटना हुने गरेको स्थानीयको आरो प छ। प्रहरीले भने यो विषयमा अनुसन्धान भइरहेको बताएको छ।

सम्बन्धित खवर

Back to top button