satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

यौ न सम्बन्धका लागि कारागारभित्रै विशेष कोठा राखिने

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
1,170
यौ न सम्बन्धका लागि कारागारभित्रै विशेष कोठा राखिने

काठमाडौं : कै दीलाई प्रजनन् अधिकार दिनेगरी का रागार ऐनको मस्यौदा तयार भएको छ । गृह मन्त्रालयअन्तर्ग का रागार व्यवस्थापन विभागले तयार पारेको मस्यौदामा सन्तान नभएका कै दीलाई प्रजनन् अधिकार दिने व्यवस्थाप प्रस्ताव गरिएको छ ।

मस्यौदामा सन्तान नभएका तर सन्तान जन्माउन इच्छुक कै दीबन्दीलाई सात प्रदेशका सातवटा कारागारभित्र यौ नसम्र्कका लागि दम्पती भेटको विशेष व्यवस्था गरिने उल्लेख छ ।

नागरिक दैनिकका अनुसार मस्यौदाअनुसार कै दीबन्दीको उमेर, कै द, अवधि, वैवाहिक अवस्था, सन्तान भएनभएको,। सन्तान जन्माउन इच्छुक् र अ पराधको प्रकृति हेरेर मात्र यस्तो सुविधा प्रदान गरिनेछ ।
याे पनि,
देशभर कच्चा दूधको अभाव

काठमाडौं : देशभरका डेरी उद्योगलाई कच्चा दूधको अभाव भएको छ। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान(डीडीसी) देखि निजी दुग्ध उद्योगले कच्चा दूधको अभाव खेपिरहेको बताएका छन्।

आन्तरिक बजारमा पाइने कच्चा दूध उप्पादन कम र आयातित धुलो दूध बन्द भएकाले डेरी उद्योगले दूधको अभाव बेहोरेको उनीहरूको जिकिर छ। चैतदेखि साउनसम्म दूध उत्पादन कम हुने, भदौदेखि फागुनसम्म दूध उत्पादन बढी हुने र अहिले उत्पादन हुने कच्चा दूध पनि विभिन्न चाडपर्वले स्थानीय बजारमै खपत हुनाले कच्चा दूधको अभाव भएको हो।

कच्चा दूधको अभाव पूर्ति गर्न बाहिरबाट धूलो दूध आयात प्रतिबन्ध फुकुवा गर्न माग गरेका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहकार्यमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत वर्षदेखि धुलो दूधको आयातमा प्रतिबन्ध लगाएको हो। ‘बजारमा कच्चा दूधको अभाव भइरहँदा पनि सरकारले आयात प्रतिबन्ध फुकुवा नगर्दा दूधको अभाव भएको हो’, सीताराम डेरी उद्योगका अध्यक्ष सुमित केडियाले भने, ‘विकल्पबिना उद्योग सञ्चालन गर्न सकिन्न।’

निजी क्षेत्रका डेरी उद्योगले भारतलगायत तेस्रो मुलुकबाट आयात हुँदै आएको धुलो दूध आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गरिदिन कृषि तथा पशुपन्छी मन्त्रालयमा माग गर्दै आएका छन्। भदौ, असोज र कात्तिकमा चाडवाड पर्ने र दूधको उत्पादन कम हुने भएकाले तीन महिनाका लागि भए पनि आयात प्रतिबन्ध फुकुवा गरिदिन उनीहरूको माग छ।

नेपाल डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले बाढीका कारण सयौं गाई भैंसी मरेकाले दूधको उत्पादन घटेको जानकारी दिए। कच्चा दूध उपलब्ध नहुनु र धुलो दूध आयात गर्न नपाउँदा समस्यामा परेका उद्योगले अहिले भारतको पटनाबाट नेपाली रुपैयाँ प्रतिलिटर ६१ रुपैयाँमा कच्चा दूध खरिद गरेर बजारीकरण गर्दै आएका छन्। डीडीसीले पटनाको सुधा कोअपरेटिभबाट कच्चा दूध आयात गर्न सरकारीस्तरमा पहल सुरु गरेको छ। ‘कच्चा दूधको अभाव हामीले पनि व्यहोर्न बाध्य भएका छौं’, डीडीसीका योजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सञ्जीव झाले भने, ‘उपभोक्ताको माग पूरा गर्न कच्चा र धुलो दूध आवश्यक छ। धुलो दूध नआउँदासम्म कम्तीमा भारतबाट कच्चा दूध आयात गरी मागअनुसार उत्पादन गर्न प्रस्ताव गरेका छौं।’

डीडीसीले पहिले सामान्य दिनमा एक लाख लिटरसम्म बजारमा प्रशोधित दूध पठाउथ्यो। दूधको अभाव भएपछि अहिले झन्डै ५० देखि ५५ हजार लिटरसम्म मात्रै पठाउन थालेको छ। दूधको अभाव भएपछि डीडीसीले कोटा प्रणालीमार्फत वितरकलाई दूध वितरण गर्ने योजना अघि बढाउन लागेको छ।

मन्त्रीको चासो

कच्चा दूधको अभाव भएपछि शुक्रबार कृषिमन्त्री चक्रपाणी खनालले सरोकारवाला निकायसँग छलफल गरेका छन्। छलफलमा नेपाल डेरी एसोसिएसन, नेपाल डेरी उद्योग संघ, केन्द्रीय दुग्ध सहकारी संघका पदाधिकारी सहभागी थिए। उद्योगीले कच्चा दूध वा धुलो दूध आयात गर्न दिन विषयमा मन्त्री खनाललाई आग्रह गरेका थिए।

कृषिमन्त्री खनालले सकेसम्म आन्तरिक स्रोतबाटै दूधको अभाव पूरा गर्नुपर्ने सुझाव दिए। ‘बाहिरबाट कच्चा र धुलो दूध आयात गर्दा किसान र उपभोक्ताको हितमा नभएकाले सकेसम्म आन्तरिक स्रोतबाट पूर्ति गर्ने विकल्प खोजौं। अहिले दूधको अभाव छैन। गाउँगाउँमा भएका दूध संकलनका लागि सवारी साधनको व्यवस्था गरौं’, मन्त्री खनालले भने। मन्त्री खनालले किसानको लागत खर्चको आधारमा किसानको दूध मूल्य वृद्धि गर्नुपर्ने औल्याएका थिए। भदौंबाट लागत खर्चको आधारमा किसानको दूधको मूल्य बढन् सक्ने मन्त्रालयले जनाएको छ।

निजी डेरी उद्योगीले किसानलाई मार नपर्ने गरी एक पटकका लागि भए पनि प्रतिबन्ध हटाइदिन आग्रह गरेका थिए। उद्योगीले करिब आठ सय मेट्रिक टन मात्रै आयात गर्न अनुमति दिन आग्रह गरेका थिए। सरकारले अनुमति दिँदा उद्योगीले पाउडर दूध आयात गरी भण्डारण गर्ने आशंका व्यक्त गरेको थियो।

छलफलमा सहभागी केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायण देवकोटाले कच्चा दूधको अभाव नरहेको जानकारी दिएका थिए।

किसानको मूल्य नबढे आ न्दोलन

केन्द्रीय दुग्ध सहकारी संघले पशु आहारा, ढुटो, दाना, चोकर र कृषि श्रमिकको निरन्तर मूल्यवृद्धिको आधारमा किसानको दूधको मूल्य वृद्धि गर्न माग गरेको छ। संघले प्रतिलिटर ६० रुपैयाँ उपलब्ध गराउन माग गरेको हो। हाल चिल्लोपना तथा चिल्लोपना बाहेकको ठोस पदार्थका आधारमा ४६ देखि ५० रुपैयाँ प्रतिलिटर किसानले पाइरहेका छन्। संघका अध्यक्ष नारायण देवकोटाले किसानको दूधको मूल्य वृद्धि नगरिए भदौदेखि आ न्दोलनमा ओर्लिने जानकारी दिए।

Related Posts

गुराँस गाउँपालिकामा राजनैतिक प्रतिशोधको कारण डेढ करोड रकम फ्रीज हुदै
अर्थ

गुराँस गाउँपालिकामा राजनैतिक प्रतिशोधको कारण डेढ करोड रकम फ्रीज हुदै

by सत्कार पोष्ट
0

दैलेख १० असार : कर्णाली उज्यालो कार्यक्रमबाट गुराँस गाउँपालिका ७  ओख्रेनी बस्तिलाइ बिधुतिकरनमा जोड्ने हेतुले कर्णाली प्रदेश  सरकारबाट बिधुत लाइन...

अस्मिता र मनोजको खोलिको पानी
गीत/संगीत

अस्मिता र मनोजको खोलिको पानी

by सत्कार पोष्ट
0

काठमाडौ २७ जेष्ठ : नेपाली संगीत आकासमा स्थापित गाईका सुरिल स्वरकि धनी अस्मिता अधिकारी र उदियमान गायक मनोज खनालको स्वरमा...

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

शिवालय ६ काङ्ग्रेसले गठबन्धन भङ्ग गरी मैत्रीपूर्ण चुनाव लड्ने

नेपाली काँग्रेस छेडागाड नगरपालिका मेयरको उम्मेदवारी सर्बसहमतबाट रत्न खड्का

नेपाली काँग्रेस छेडागाड नगरपालिका मेयरको उम्मेदवारी सर्बसहमतबाट रत्न खड्का

नेपाल राष्ट्रिय मगर संघको केन्द्रिय सदस्यमा कर्णालीबाट दैलेखका प्रेम रामजाली मगर

नेपाल राष्ट्रिय मगर संघको केन्द्रिय सदस्यमा कर्णालीबाट दैलेखका प्रेम रामजाली मगर

बाटोको नाममा अनावश्यक सामुदायिक बन फडानी गर्दै चिङ्गाड गाउँपालिका

बाटोको नाममा अनावश्यक सामुदायिक बन फडानी गर्दै चिङ्गाड गाउँपालिका

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

das beste Casino Deutschlands

Erfahrungen Von Der Besten Spielhalle!

Avast Free Review Windows

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.