आग’लागीबाट पाेखराकाे न्युराेडमा १० कराेड बराबरकाे क्ष’ति


पोखरा : गण्डकी प्रदेशको राजधानी सहर पोखराको न्यूरोडको एक सपिङ कम्पेक्सबाट स’ल्किएको आ’गो निय’न्त्रणमा आएको छ। भाटभटेनी सुपर मार्केटनजिकै रहेको एस मिनीमार्केटमा रहेको विभिन्न फर्निचरको सामान पाइने पसलबाट स’ल्किएकाे आ’गो करिब २ घण्टा पछि नि’यन्त्रणमा आएको हाे ।
कम्प्लेक्सकाे पसलमा मंगलबार अपरान्ह ४ बजेदेखि आग’लागी भएको थियो । आग’लागीको कारण भने खुल्न सकेको छैन। उक्त मिनिमार्केटमा २३ वटा सटर थिए सबै पूर्ण रुपमा क्ष’ति भएको प्रहरीले जनाएको छ।



‘अहिले आ’गो नि’यन्त्रणमा आएको छ’ जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीले भने,‘२३ वटा सटर पुर्ण रुपमा नै आ’गोले ध्व’स्त भएको छ। क्ष’तिको एकिन गर्नै सकिएको छैन।’
व्यवसायीले भने १० करोड रुपैयाँ भन्दा धेरैको क्ष’ति भएको बताएका छन्। चार वटा दम’कल, केहि ट्यां’कर, नेपाली से’ना, नेपाल प्रहरी, सश’स्त्र प्रहरी र स्थानीयको प्रयासमा आ’गो निय’न्त्रणमा आएको हो।