ट्राफिक प्रहरीको निरिक्षण टाेली सवार भ्यानकाे ठक्करबाट १ जनाकाे मृ’त्यु


काठमाडौं : महानगरीय ट्राफिक महाशाखाको आकस्मिक निरीक्षण टोली सवार भ्यानले ठक्कर दिँदा पैदलयात्रुको मृ’त्यु भएको छ । गएराति काटेश्वरबाट बालकुमारी आउने क्रममा आकाशे पुलमुनि पहिचान नखुलेको व्यक्तिलाई भ्यानले ठक्कर दिएको हो ।
महाशाखाको बा १ झ ७८६६ नम्बरको गाडीले राति ११ः१० बजे ठक्कर दिँदा ती व्यक्ति ग’म्भीर घा’इते भएका थिए । उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर पुर्याइए पनि बुधबार बिहान चिकित्सकले मृ’त घोषणा गरेको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले बताए ।



उनले भने, ‘घटनास्थल वरपर बोराहरु देखिएकाले त्यहीँ बस्ने व्यक्ति हुनसक्ने देखिएको छ । हामी पहिचान खुलाउने कोसिस गरिरहेका छौं ।’