श्रीमान कतारकाे समुन्द्र डुबेपछि ५ महिनाकी गर्भवति श्रीमतीले पनि छाेडिन प्राण

काठमाडाैं : कतारमा समुद्रमा डुबेर ललितको मृ’त्यु भएपछि पत्नि टीका लिम्बूले पिडा सहन नसकेर प्रा’ण त्यागेकी छिन् । गत आइतबार कतारमा पौडी खेल्ने क्रममा सामुद्रिक छालले बगाएर धनकुटाका ललित लिम्बुको मृ’त्यु भएको थियो ।

त्यसको तेस्रो दिनमा उनकी श्रीमती टिकाले पनि प्राण त्यागेको प्रहरीले जनाएको छ ।

ललितसँगै कतारमा नै रहेकी टिका नेपाल आएको १ महिनामा नै ललितको समुन्द्रमा डुबेर मृ’त्यु भएको हो । ललितको मृ’त्युको खबरले एक्कासी बेहो’स जस्तै बनेकी टिका ५ महिनाकी गर्भवती भएको बताइएको छ ।

नेपाल फर्किने तयारीमा रहेका ललित धनकुटा समाज कतारका पूर्व अध्यक्ष र अहिलेका प्रमुख सल्लाहकार भएर लामो समय काम गरेका अनुभवी ब्यक्ति थिए । तिन दिनको अन्तरमा छोरा बुहारीको दुःखद मृ’त्युको खबरले परिवार ठूलो शो’कमा परेको छ ।

सम्बन्धित खवर

Back to top button