पोखरा : म्याग्दीमा एकजना वडा अध्यक्षलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले कालाेमाेसाे द’लेका छन् । बेनी नगरपालिका वडा नम्बर २ का अध्यक्ष हिराबहादुर थापालाई नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले कालोमोसो दले’काे हुन् ।
बिहीबार वडा कार्यालयमा नै उनीहरूले कालोमोसो दलेर र चप्पलको माला लगाएका हुन्। वडामा विभिन्न विकास निर्माणको काममा भ्रष्टाचार गरेको आ’रोप लगाउँदै उनीहरूले कालोमोसो दलेको स्थानीयले जानकारी दिए।
स्थानीयका अनुसार वडामा आएको बजेट हिनामिना गरेको, राजस्व संकलनमा मनलाग्दी गरेको, आफन्तलाई छुट दिएर अरुबाट कर लिएको भनेर वडाअध्यक्षलाई त्यस्तो गरिएको हाे ।