लेक लागेर गाेसाईकुण्ड पुगेका तीर्थयात्रीकाे ज्यान गयाे

नुवाकोट : रसुवाको गोसाईकुण्डमा लेक लागेर एक तीर्थालुका ज्यान गएको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ का २३ वर्षीय दीपक ढकालको लेक लागेर बिहीबार बिहान मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

दुई दिनअघि ढकाल साथीहरुसँगै धुन्चेबाट गोसाईकुण्ड गएका थिए । होटेलमा बास बसिरहेका वेला ढकाललाई लेक लागेको थियो। स्वास्थ्य शिविरमा रहेका चिकित्सकहरुले उनको उपचार गरिरहेका थिए। उपचारका क्रममा बिहीबार बिहान पौने तीन बजे नि’धन भएको प्रहरीले जनाएको छ।

ढकालको शव शिविरमै रहेको र घटनाबारे आफन्तलाई जानकारी गराईसकेको रसुवाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भाग्येन्द्रपुरूष ढकालले बताए। पानी परिरहेको र उच्च भेगमा कुहिरो लागेकाले हेलिकोप्टरमार्फत शव ल्याउने पहल गरिए पनि नसकेका कारण वोकेरै धुन्चे ल्याउने तयारी भइरहेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए।

सम्बन्धित खवर

Back to top button