पत्रकार शालिकराम आत्माह’त्या प्रकरणमा अस्मिता कार्की पक्राउ
काठमाडौं : नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले चितवनमा आत्मह’त्या गरेको प्रकरणमा प्रहरीले ओखलढुंगाकी युवती रुकु भन्ने अस्मिता कार्कीलाई प’क्राउ गरेको छ । नर्ससमेत रहेकी कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले काठमाडौंबाट बिहीबार प’क्राउ गरेर लगेको हो।
आत्माह’त्या गर्न दुरू’त्साहन गरेकाे अभियाेगमा अस्मिता कार्कीलाई प्रहरीले प’क्राउ गरेकाे हाे । आत्मह’त्या गर्नुअघि शालिकरामले खिचेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफूले आत्मह’त्या गर्नुपरेको कुरा उल्लेख गरेका थिए ।
याे पनि पढ्नुस्
रवि लामिछानेका दिन गन्ति शुरू भएः पत्रकार शालिकराम पुडासैनीकाे भिडियाे बाहिरियाे
काठमाडाैं : शालिकराम पुडासैनी आत्महत्या अगाडिको सनसनीपूर्ण भिडियो जेल जान सक्छन् रवि लामिछाने, अरुलाई चरित्रको ट्युशन पढाउने रविको असली रुप हेर्न यही भिडियाे काफी छ ।
पत्रकार शालीकराम पुडासैनीको आत्मह’त्या प्रकरणले टिभी पत्रकारिताको वि’क्रितीलाई उदांगो पारेको छ ।मृ’तकका परिवारले रवि लामिछाने र उनको समूहका कारण शालीकरामले आत्मह’त्याकाे बाटाे रोजेको अडियो र अन्य प्रमाण भेटेको दाबी गरेपछि यो विषय ग’म्भीर मोडमा पुगेकाे छ ।
२०५९ असोज २३ मा जनआस्थामा लोकमानसिंह कार्कीसहित ४५ जनाको नाम उल्लिखत समाचार प्रकाशित भयो । खण्डन छाप्ने सहमतिका बाबजुद श्रीषा कार्कीले २९ गते आत्मह’त्या गरिन् । तर, त्यसमा न सु’साइट नोट नत मृ’तकको बयान केही पनि थिएन । मानवीय त्रुटिका कारण त्यस्तो समाचार छापिन गएको भनी जनआस्था परिवारले माफी माग्दामाग्दै पनि दुई वर्षसम्म ज्यान मु’द्दा झेल्नुप¥यो ।
रवी लामिछानेहरुले अहिले पनि त्यो प्रकरण बेलाखबत उछालिरहन्छन् । अहिले त स्वयं मृ’तकले मर्नुअघि दिएको भिडियो बयानमा रविको टिमलाई दो’षीकाे दो’षी कि’टान गर्दै स’जायको माग गरेका छन् । यस प्रकरणमा माफी माग्नु त परै जाओस्, उल्टै मृ’तकलाई नै ला’ञ्छित गर्ने काम गरेका थिए रवि लामिछानेले । अब भने रवि लामिछानेका दिन गन्ति भए ।
पत्रकार शालिकराम पुडासैनीले आत्मह’त्या गर्नुअघि खिचेको भिडियो सार्वजनिक भएपछि चारैतिर त’रंग फैलिएकाे छ । यो भिडियो सार्वजनिक भएसँगै पुडासैनीको आत्मह’त्या प्रकरण ग’म्भीर मोडमा पुगेको छ। पुडासैनीले आत्मह’त्या गर्नुअघि खिचिएको भिडियो चितवन प्रहरीले सार्वजनिक गर्न अस्वीकार गरेका बेला उनकै परिवारले एक सञ्चारमाध्यममार्फत् सार्वजनिक गरिदिएका हुन्।
पुडासैनीको रुँदै बोलिरहेको करिब ८ मिनेटको भिडियो र अडियो टेपमा रवि लामिछाने र युवराज कँडेलले पछिल्लो पटक धेरै या’तना दिएको भनेका छन्। उनले भिडियोमा विज्ञापन एजेन्सीमार्फत् बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाबाट करोडौं कमाउने गरेको पनि उल्लेख गरेका छन्। ‘रातदिन काम लगाएर मलाई कम मात्रै पैसा दिने। कराउँदा कराउँदा बल्लतल्ल १८ हजार तलब पुर्याए। थोत्रो मोटरसाइकलको मर्मतमै मासिक ४-५ हजार खर्च हुने, कोठाभाडा, यताउता सबै त्यसैले पुर्याउनुपर्ने ।
प्यारी सम्झना, मैले कसरी सक्नु ! रवि दाइ, मलाई मर्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ’, उनले भिडियोमा भनेका छन्, ‘केही केही दीनदुःखीको उ’द्धार पनि गर्नुभयो, तर अरुको प्रगति देख्न सक्नुभएन । दुनियाँलाई थर्काउनुभयो, ढिलोचाँडो दुनियाँले तपाईंको असली रुप देख्नेछ । मसँग प्रमाण छ, आज नभए पनि भोलि तपाईंको पा’पको घडा भरिन्छ । तँ अब फ’सिस् भन्दै मलाई म’र्न बाध्य पारेकोमा त्यो पा’पले तपाईंलाई पो’ल्नेछ।’
कुमरीको घर बेचेर रामकोटमा घर बनाउन श्रीमतीलाई सल्लाह दिँदै रुँदै दुई हात जोडेर उनले भनेका छन्, ‘सम्झना, तिमी भर्खर २२-२३ वर्षकी भयौ, अर्को बिहे गर, मलाई माफ गरिदेऊ।’ आफूलाई दुरुपयो गर्न गरिएको योजनाबारे पनि उनी बोलेका छन्। ‘मैले न्युज २४ छोड्छु भन्दा रवि र दीपक भएर त्यसो नगर बरु डिपेन्डेण्ट भिसामा अष्ट्रेलिया पठाइदिन्छौं भन्दै रालुका गाविस ओखलढुंगाकी अस्मिता कार्कीको पछि लगाए’, उनले भनेका छन्, ‘त्यही केटीलाई मैले बीपी स्मृति हस्पिटल बसुन्धरामा जागिर लगाइदिएँ, पुतलीसडकको कन्सल्ट्यान्सीमा पनि बिहान–बिहान पुर्याइदिएँ। पछि उसले उल्टै खाते भन्दै मैलाई हेप्न थाली, म ऊबाट टाढिँदै गएँ।
त्यही क्रममा मैले न्युज २४ टेलिभिजन छाडेँ। त्यसबापत मलाई उहाँहरूले त्यही केटीलाई बला’त्कार गरेको भनेर फसाउने ष’ड्यन्त्र गर्नुभयो। त्यसकारण म अब यस संसारमा यस्तैगरी बाँचिरहन चाहन्नँ।’ नुवाकोट बेलकोटगढी-३ मा स्थायी घर भएका पत्रकार पुडासैनीले आत्मह’त्या गरेको विषयले केही समय यता नेपाली पत्रकारिता क्षेत्रलाई त’रंगित गरेको छ।
यसैबीच पत्रकार पुडासैनीले नाम लिएका रवि लामिछानेले यस प्रकरणमा आफ्नो स्पष्टीकरणका लागि फेसबुक लाइभमा आउने बताएका छन्। उनले यस प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरिरहेका छन्।
हेर्नुस् भिडियाे