अझै बनेन अरुणखोलामा डाइभर्सन: यात्रु अलपत्र

नवलपरासी : पूर्वपश्चिम महेन्द्रराजमार्गको अरुणखोला पुल भाँसिएका कारण अवरुद्ध रहेको सडकमा ३६ घण्टासम्म पनि यातायात नियमित हुन सकेको छैन । डाइभर्सन बनाउन नसक्दा महेन्द्र राजमार्ग हुँदै पूर्वपश्चिम हिँडेका हजारौ गाडीका यात्रु अलपत्र परेका छन् ।

सडक डिभिजन कार्यालयले डाइभर्सन बनाउन पर्याप्तजनशक्ति समयै खटाउन नसक्दा गाडीका यात्रु अलपत्र परेका हुन। राति २ बजेदेखि अवरु’द्ध सडक खुल्न सकेको छैन।

महेन्द्रराजमार्ग अन्तरगत दाउन्ने कावासोती खण्डमा पर्ने अरुणखोला पुलको दाहिनेतर्फको फलामेबारमा ट्रक ठोक्किएर सडक संरचना केही तल दबेका कारण त्यहाँबाट गाडी संचालन हुन सकेको छैन।

राजमार्गको बायाँतर्फ बनाएकोे डाइभर्सन सडकमा एउटा ट्रक बिग्रिएका कारण आवगमन ठप्प भएको हो । अरुणखोलामा हयूमपाइप राखेर डाइभर्सन बनाउन खोजे पनि काम ढिलो भएको छ।

पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर कार्कीले खोलामा पानीले खाल्टापुर्ने, गाडी बिग्रिने गरेकाले समस्या थपिए पनि तदारुकताकासाथ काम भैरहेको दाबी गरे।

डाइभर्सनको काममा ढिलाई र प्रयाप्त ट्राफिक ब्यवस्था नहुँदा ओभरटेक गर्ने समस्याले जाम भएको हो । बुधवार बिहान ४ बजे कावासोतीबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किएका कारण दाहिनेतर्फको भाग केही तल भाँसिएको छ।

सम्बन्धित खवर

Back to top button