काठमाडाैं : नुवाकोटका पत्रकार शालीकराम पुडासैनी ह’त्या प्रकरणमा नाम जोडिएपछि विवादित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने तनावमा थिए । लामिछानेले आफ्नो कार्यक्रम ‘सिधा कुरा जनतासँग’ बाट पटकपटक आफूमाथिको आ’रोप ग’लत भएको भन्दै आरो’प प्रमाणित गर्न चुनौती दिँदै आएका थिए ।
कार्यक्रमको बुधबारको अंकमा लामिछानेले २४ घण्टाभित्र आफूमाथिको अभि’योग प्रमाणित नगरे प्रहरीको भण्डा’फोर गर्ने धम्की’पूर्ण अभिव्यक्ति दिएका थिए ।
लामिछानेले घटनामा नाम जोडिएकी ओखलढुंगाकी युवती अस्मिता कार्कीलाई एक प्रकारले निय’न्त्रणमा लिएर बिहीबारको कार्यक्रममा आफ्नो पक्षमा बोल्न लगाउँने तयारी गरेका थिए । त्यसैका लागि उनको समूहले युवती कार्कीलाई अघोषित नजर’बन्दमा राखेको थियो ।
प्रहरीले युवतीलाई दबाबमा बोल्न लगाएर अनुसन्धान प्रभावित गर्न खोजेको चाल पाएपछि लामिछानेलाई तत्काल पक्र’ने निर्णय गरेको एक वरिष्ठ अधिकारीले जानकारी दिए ।
पुडासैनीले लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको पटकपटकको ट’र्चरका कारण आफू आत्मह’त्या गर्न बाध्य भएको भिडियो र अडियो रेकर्ड छाडेका थिए । मुलुकी अप’राध संहि’तामा आत्मह’त्या गर्न बाध्य पार्नेमाथि कारबाहीको स्पष्ट व्यवस्था गरेको छ ।
रविसहित तीनैजनालाई पाँच वर्ष कै’द र ५० हजार रुपैयाँ जरिवाना हुन सक्छ ।