अरूणखाेलामा डाइभर्सन बन्याेः सवारी आवतजावत सहज बनेन्

नवलपरासी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको मध्यविन्दु नरपालिकामा पर्ने अरुणखोलाको पुल भाँचिएको तीनदिनपछि डाइभर्सन बनेकाे छ । बुधबार पूर्वबाट पश्चिम जाँदै गरेको ना ६ ख ४७१ नम्बरको ट्रकले पुलको बारमा ठक्कर दिएपछि पुल भाँचिएपछि डाइभर्सन बनाउनु परेकाे हाे ।

पुल भाँचिएपछि मोटरसाइकलबाहेकका सवारीसाधन चल्न सकेका छैनन् । पुल क्षतिग्र’तस्त भएपछि पुलको दक्षिणतर्फ डाइभर्सन बनाइएको हाे । तर, सामान्य पानी पर्ना साथ सवारी साधन सञ्चालनमा कठिनाइ हुने गरेको चालकहरुले बताउँछन्।

बिहीबार साँझ मात्र खोलामा दुईवटा डाइभर्सन बनाएर यातायात सञ्चालन गर्ने प्रयास परेपनि राति पानी परेकाले सडक चिप्लो भएपछि यातायात सञ्चालनमा कठिनाइ भएको हो।

खोलामा डाइभर्सन बनाइए पनि एकतर्फी रुपमा यातायात सञ्चालन हुने र डाइभर्सन पार गर्न लामो समय लाग्ने गरेकाले सडकमा देखिएको जाम कम हुन नसकेको नवलपुर प्रहरीले जनाएको छ। सहज रुपमा यातायात सञ्चालन नहुँदा पुलको पश्चिम र पूर्वतर्फ दर्जनौं सवारीसाधन रोकिएका छन्। जंगल क्षेत्रमा जाम भएका कारण यात्रुहरु अलपत्र परेका छन्।

डाइभर्सनको पश्चिमतर्फ दाउन्ने क्षेत्रबाटै सवारी जाममा पर्ने गरेका छन् भने पूर्वतर्फ चोरमारा बजारसम्म सवारी साधनहरुको जाम लागेको छ। जामका कारण बिरामी बोकेका एम्बुलेन्सहरु समेत घण्टौं जाममा फस्ने गरेका छन्। राजमार्गमा अलपत्र यात्रुसँग महँगो मूल्यमा सामान बेच्न थालेको यात्रीहरुको गुनासो छ।

सडक डिभिजन कार्यालय बुटवलका इञ्जिनियर हरिप्रसाद सुवेदीले पुलको मर्मत सकेर यातायात सञ्चालनमा आउन कम्तीमा १५ दिन लाग्ने बताए छन्। कार्यालयका कर्मचारीहरुको टोली डाइभर्सन बलियो बनाउन खटिरहेको उनको भनाइ छ।

सम्बन्धित खवर

Back to top button